century-bank

सुनसरीको धरानमा काठ तस्करीमा प्रहरी नै संलग्न रहेको पुष्टि

सन्तोष काफ्ले
सुनसरी । प्रहरीको काम देश र जनताको सुरक्षा गर्नु हो । कानुन विपरित कार्य भए त्यसलाई रोक्नु र दोषीलाई कारबाहीको दायरामा ल्याउनु नै उसको मूल कर्तव्य हो । तर रक्षक नै भक्षक भएपछि प्रहरी संगठन प्रति सर्वसधारणको विश्वास कम गर्न पनि तिनै प्रहरी लागिपरेको पाइएको छ । धरान २० स्थित विष्णुपादुका प्रहरी चौकीमा कार्यरत प्रहरी प्रमुख नै काठ तस्करीमा लागि परेको पाइएपछि प्रहरीप्रतिको विश्वासमा पुनः प्रश्न चिन्ह लागेको छ ।


प्रहरीको साथ र आडका कारण धरानमा काठ तस्कर भएको पाइएको छ । रातको समयमा स्थानीयवासीले काठ तस्कर सहित तस्करलाई स्कटिङ गरिरहेका प्रहरीहरुलाई नियन्त्रण लिएर बन कार्यलयलाई बुझाएपछि काठ तस्करमा प्रहरीको संलग्नता खुलेको हो ।

धरान २० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिबाट काठ तस्कर हुदै गर्दा समितिका पदाधिकारीहरुले काठ लोड गरेको बोलेरो गाडी सहित संलग्नलाई प्रक्राउ गरी सेक्टर बन कार्यालय धरानमा बुझाएका छन् ।

को १ च ६३८१ नम्बरको बोलेरो गाडीमा विष्णुपादुका अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी हवल्दार खेमबहादुर कँुवर र प्रहरी जवान गंगा लिम्बु सहित काठ तस्करी धरान १८ का विवेक लिम्बु र चालक विराटनगर ५ का नगेन्द्र कार्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाइएको भवानी थान सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर राईले बताउनुभयो ।

यस्तै काठ तस्करीमा संलग्नले प्रयोग गरेको ४ प ८००७ नम्बरको पल्सर मोटर साइकल समेत बरामद गरिएको छ । विगतदेखि नै प्रहरीकै संलग्नतामा काठ तस्करी हुने सूचना पाएपछि समितिका पदाधिकारीहरुले निगरानी बढाउने क्रममा आइतबार राति १० बजे लोड गरेर लान आटेको समयमा प्रक्राउ गरिएको बनका कोषाध्यक्ष राईले बताउनुभयो ।

वन उपभोक्ता समितिका पदाधिकारीहरुले काठ नियन्त्रणमा लिएको जानकारी दिएपछि प्रहरीसहित वन कार्यालयका कर्मचारी सो स्थानमा पुगेर काठ सहित संलग्नलाई पक्राउ गरी सेक्टर वन कार्यालयमा ल्याएको सेक्टर वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । बोलेरोमा १८.९५ किवी सखुवाको काठ रहेको बताउदै कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको लामाले बताउनुभयो ।

काठ खरिदकर्ता विवेक लिम्बुले आफुले सो काठ ३ सय प्रति किवीका दरले खरिद गरि ल्याएको र कागज पत्र माग्दा प्रहरीहरुले नै आफुहरु स्कटिङ गरिदिने भने पछि प्रहरीको साथमा आएको वताउनुभयो । प्रहरी चौकीका हवल्दार कुँवरले भने विरामी बोक्ने भनेर गाडी वोलाएको तर आफु पक्राउ परेका चालक कार्कीले वताए ।

तस्करीमा संलग्न भएका प्रहरीहरुलाई निलम्वन गरि बन ऐन अन्तर्गत कारबाही गर्न आफुले निर्देशन दिएको पुर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रमेश कुमार भट्टराईले जानकारी दिनुयो दिनुभयो । पक्राउ परेका चारै जनालाई बन ऐन २०४९ तथा नियमावलि २०५१ अन्तगत कारबाही हुने सक्टर बन कार्यलय धरानले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]