tata_tiago

बाजुराको चालीस किलोमिटर सडक १७ बर्ष वित्दा पनि बनेन

निमेन्द्र शाही
बाजुरा । चालीस किलोमिटर सडक बनाउन कति समय लाग्ला ? एक या दुई बर्ष । तर अचम्म बाजुरामा चालीस किलोमिटर सडक सत्र बर्ष वित्दा पनि बन्न सकेको छैन । ४५ करोड बजेटको यो सडक बनेको बन्यै छ तर वालुवामा पानी खन्याए झै गरेर ।

सरोकारवाला निकायहरु सुतेर या कानमा तेल हालेर बसेपछि सडकमा मोटर चढेर यात्रा गर्ने स्थानीयको सपना सपनामा नै सीमित बन्दै आएको छ ।
१७ बर्षमा पनि ४० किलोमिटर सडक बनेन भन्दा तपाई पत्याउनु हुन्छ या हुन्न ? अझ त्यसमा ४५ करोडको लगानी बालुवामा पानी खन्याए झै भएको छ बाजुरामा । २०५६ सालबाट निर्माण सुरु गरिएको सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको ४० किलोमिटर सडक अझै बन्न सकेको छैन ।

२०५६ मा जिल्ला विकास समिति बाजुराले कामका लागि खाद्यान्न कार्यक्रम अन्र्तगत निर्माण शुरु गरेको सडकमा हालसम्म विभिन्न चरणमा सरकारी तथा विभिन्न संघ सस्थाले ४५ करोड खर्च गरिसकेको छ भने सडक पूर्ण रुपमा बन्न नसक्दा अहिले स्थानीयवासीले सास्ती पाइरहेका छन् ।

यता सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले भने यहि चैत मसन्तमा सम्पन्न गर्ने दाबी गरेका छन् । निर्माण सम्पन्न गर्न केही काम बाँकी रहेको र बाँकी काम यही चैतमा सम्पन्न गर्ने लुम्बिनी बिल्डव कन्सट्रक्सनका संचालक कृष्णकुमार बमले बताउनुभयो ।

सडक निर्माण थालेको १७ बर्षसम्म पनि स्थानीयले यातयातको सुविधा उपभोग गर्न नपाएका स्थानीयले छिटो काम सम्पन्न गर्न दबाब दिदै आएका छन् ।

उक्त सडक निर्माण भएमा बाजुराका पूर्वी र उत्तर भेगका स्थानीयलाई सदरमुकाम आउजाउ गर्न सजिलो हुन्छ भने हुम्ला र मुगुका जनताले सहज र सजिलो माध्यमले यातायात सेवा पाउन सक्छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]