tata_tiago

वाणिज्य मन्त्रीको बयान– ‘८ महिनामा १५ प्रतिशत निर्यात व्यापार बढाए’ (भिडियो सहित)

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकारले लिएको वाणिज्य नीतिका कारण निर्यात व्यापार १५ प्रतिशतले बढेको बताउनु भएको छ । उहाँले चीनसँगको निर्यातमा अपेक्षा गरे अनुसारको सुधार भएको बताउँदै अन्य देशसँगको व्यापार अभिवृद्धिमा पनि सरकार तदारुकताका साथ अगाडि बढेको उल्लेख गर्नुभयो । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री थकालीले निजी क्षेत्रसंगको सहकार्य व्यापार अभिवृद्धिमा महत्वपूर्ण रहेको बताउनुभयो । वाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थकालीले निर्यात व्यापारमा सहयोग गर्न सरकार तयार भएको बताउँदै सफा र स्वच्छ मनका साथ व्यवसायीले काम गरे देशले आर्थिक रुपमा फड्को मार्ने चर्चा गर्नुभयो ।


भदौ १० गते पदभार ग्रहण गरेपछि भारतसँगको व्यापार तथा पारवहन सम्झौता ७ बर्षका लागि नवीकरण गर्नु, काठमाडौंको चोभारमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी निर्माणको कामलाई अगाडि बढाउनु, नेपालको गलैचा, हस्तकला, अलैची, कार्पेट लगायतको उत्पादनलाई विदेशमा निर्यात गर्न मन्त्रालयले उल्लेख भूमिका खेलेको मन्त्री थकालीले स्पष्ट पार्नु भएको छ । ५१ बुँदा समेटिएको पाँच पृष्ठ लामो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थकालीले निजी क्षेत्र, विकास र व्यापारको प्रमुख संवाहक भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर आफू अगाडि बढिरहेको बताउनु भएको हो ।
निजीक्षेत्र–मैत्री वाणिज्य, लगानी तथा औद्योगिक नीतिहरु कार्यान्वयनमा ल्याउन मन्त्रालय सचेष्ट रहेको कुरा बताउँदै मन्त्री थकालीले मुलुकको व्यापारलाई स्वच्छ, सन्तुलित र मर्यादित ढङ्गले अघि बढाउन तथा अनधिकृत व्यापारलाई नियन्त्रण र निरुत्साहित गर्न निजीक्षेत्रबाट पनि उत्तिकै सहयोग हुनु पर्ने धारणा राख्नु भयो । मन्त्री थकालीले सार्वजनिक गर्नुभएको उपलब्धीको विवरण यस्तो छ ।

द्विपक्षीय तथा बहुपक्षीय व्यापार एवं पारवहन सम्बन्धी सम्झौताहरुको नवीकरण, स्वीकृति र अनुमोदनसम्बन्धी
1. नेपाल र भारतको द्विपक्षीय व्यापारको सञ्चालन, नियमन तथा सहजीकरण गर्ने मुख्य संयन्त्रको रुपमा रहेको नेपाल भारत वाणिज्य सन्धि २००९ लाई गत २७ अक्टोवर २०१६ देखि लागू हुने गरी सात वर्षको लागि सन्धिको प्रावधान बमोजिम स्वतः नवीकरण गरिएको ।
2. मिति २०७३।०९।२९ मा बसेको व्यवस्थापिका संसद्को बैठकले विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौतालाई कार्यान्वयनमा ल्याउने विषयको प्रोटोकललाई सर्वसम्मतिले अनुमोदन गरेको । सन् २०१३ को डिसेम्बरमा इन्डोनेशियाको बालीमा सम्पन्न विश्व व्यापार संगठनको नवौँ मन्त्रिस्तरीय सम्मेलनबाट पारित उक्त सम्झौतालाई अनुमोदन गर्ने नेपाल १०८ औँ सदस्य भएको । २२ फेब्रुअरी २०१७ बाट विश्वव्यापी रुपमा कार्यान्वयनमा आएको सो सम्झौताबाट नेपाल लगायतका भूपरिवेष्टित राष्ट्रको व्यापारमा सहजीकरण भई व्यापार लागत घट्ने तथा निर्यात हुने वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने अपेक्षा राखिएको ।
3. नेपालको पारवहन सुविधामा विविधीकरणका लागि भारतको विशााखापटनम् बन्दरगाहलाई उपयोगमा ल्याउने कार्यको शुरुवात भएको । त्यसैगरी चिनीया भूमि मार्फत पारवहन सुविधाको उपयोगको लागि नेपाल–चीनबीच पारवहन ढुवानी संझौता सम्पन्न भई यसको कार्यान्वयनको लागि आवश्यक पर्ने प्रोटोकल तयारी अन्तिम चरणमा रहेको ।
4 नेपाल र भारतबीच विद्यमान रेल सेवा सम्झौतामा समसामयिक सुधारका लागि Letter of Exchange  को मस्यौदा तयार गरी भारतीय पक्षलाई राय प्रतिक्रियाका लागि पठाइएकोमा भारतीय पक्षबाट राय प्रतिक्रिया प्राप्त भई हाल अध्ययनको क्रममा रहेको ।
5 तेस्रो मुलुकबाट नेपाल आउने द्यगपि Bulk Cargo भारतको कोलकाता र विशाखापटनम् बन्दरगाहबाट विराटनगर, विरगञ्ज, भैरहवा तथा नेपालगञ्ज ल्याउने सुविधाको लागि नेपाल र भारतबीच विद्यमान पारवहन सन्धिको Protocol मा आवश्यक संशोधनको लागि Letter of Exchange को मस्यौदा तयार गरी भारतीय पक्षलाई राय प्रतिक्रियाका लागि पठाइएको ।
6। विशाखापटनम् बन्दरगाहको उपयोगका लागि नेपाल तथा भारतका सरकारी र सम्बन्धित निकायहरु एवं निजी क्षेत्रको सहभागितामा उक्त बन्दरगाहको समग्र कार्य प्रक्रिया र उपयोगबाट हुने लाभका बारेमा दुवै पक्षका सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले काठमाण्डौमा Trade Meet 2016 आयोजना गरिएको ।
7  विशाखापटनम् बन्दरगाहको उपयोग गरी आयात–निर्यात कार्य सुचारु गर्न विशाखापटनम्मा नेपाल सरकारको एक कार्यालय स्थापना गर्ने सम्बन्धमा एउटा कार्यदल गठन भएकोमा उक्त कार्यदलबाट स्थलगत अध्ययन भ्रमण भई कार्यालय स्थापना गर्ने सम्बन्धमा प्रतिवेदन प्राप्त हुने क्रममा रहेको ।

व्यापारसम्बद्ध पूर्वाधार संरचनाहरुको सुधार र विकाससम्बन्धी
8  काठमाण्डौको चोभारमा ऋयलतबष्लभच ँचभष्नजत क्तबतष्यल ९ऋँक्० र अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको निर्माण गर्न सर्भे तथा डिजाइन कार्य र गुरु योजना ९ःबकतभच एबिल० को तयारी अन्तिम चरणमा पुगेको ।
9। रसुवागढी नाका (केरुङ) मा सुख्खा बन्दरगाह निर्माणको लागि जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न भई निर्माण कार्य शुरु भएको ।
10। भैरहवाको सुख्खा बन्दरगाहको एबखझभलत निर्माण कार्य सम्पन्न भएको । वीरगञ्जको सुख्खा बन्दरगाहमा रेल्वे ट्रयाकलाई व्यवस्थित गर्ने र गोदाम घर विस्तार गर्ने कार्य शुरु भएको ।
11। पश्चिम नेपालको दोधारा चाँदनीमा सुख्ख बन्दरगाह निर्माणका लागि स्थान यकीन गर्न नेपाल भारतको संयुक्त संयन्त्र बनाइएको ।
12। नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत मौजुदा सुखा बन्दरगाहहरूको स्तरोन्नति, SPS Laboratory को निर्माण, National Single Window System को विकास लगायतका व्यापार पूर्वाधारहरूको निर्माण तथा सुधारका कार्यक्रमहरु अघि बढाइएको ।

सूचना प्रविधिमा आधारित व्यापार प्रणालीको विकाससम्बन्धी
13 । २७ सेप्टेम्बर २०१६ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपालको अनलाइन Container Freight Station (CFS)  सञ्चालनमा ल्याएको । सो पोर्टलको सञ्चालनबाट नेपालको आयात निर्यातसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारीहरु एकै ठाउँबाट उपलब्ध हुन गई उद्यमी व्यवसायी लगायत सरोकारवालाहरुलाई नेपालको व्यापार सम्बन्धी आवश्यक सूचनाहरु सहज रुपमा उपलब्ध गर्न सहयोग पुगी नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न मद्दत पुग्ने देखिएको ।
14। वाणिज्य विभागबाट प्रदान गरिने फर्म दर्ता लगायतका सेवालाई प्रभावकारी बनाउन Online सेवाको लागिBand-width upgrade गर्ने कार्य सम्पन्न भएको । ५ वटा वाणिज्य कार्यालयहरुमा Piloting को रुपमा Online Firm Management System को कार्यान्वयन प्रारम्भ गरिएको ।
द्विपक्षीय व्यापार तथा लगानी विस्तार सम्बन्धमा गरिएका पहलहरु
15 । Nepal China-Tibet Trade Facilitation Committee को सातौँ बैठक चीनको ल्हासामा सम्पन्न भई विभिन्न पक्षमा समझदारी भएको । उक्त बैठकबाट द्विपक्षीय व्यापारका क्षेत्रमा देखा परेका समस्याहरु समाधान गरी व्यापार सहजीकरण गर्न योगदान पुगेको ।
16। नेपाल र चीनबीच सम्पन्न ःयग् अनुसार नेपाल र चीनबीच स्वतन्त्र व्यापार संझौताको सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको ।
17। छिमेकी मुलुक चीनसँगको बढ्दो व्यापारलाई थप सहजीकरण गर्न चीनसँग हुने वैदेशिक व्यापारलाई बैङ्किङ्ग प्रणाली मार्फत सञ्चालन हुने व्यवस्था मिलाउन चिनीया सरकारका सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको ।
18। नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार तथा पारवहन सम्बन्धलाई थप सुदृढ गर्ने सम्बन्धमा मिति २०७३ माघ १० र ११ गते बंगलादेशको राजधानी ढाकामा दुई देशबीच वाणिज्य सहसचिवस्तरको तेस्रो प्राविधिक समितिको बैठक बसी विभिन्न विषयमा सहमति र समझदारीहरु गरिएको ।
19  संयुक्त राज्य अमेरिकाले नेपालबाट निर्यात हुने थप ६६ वटा उत्पादनहरुलाई आगामी सन् २०२५ डिसेम्बर सम्म सहुलियतपूर्ण बजार पहुँच सुविधा उपलब्ध गराउने विषयको प्रस्तावलाई औपचारिक रूप दिने कार्य पूरा भएको ।
20  नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा भएको Trade and Investment Framework Agreement (TIFA) लाई कार्यान्वयनमा ल्याउने सम्बन्धमा TIFA Council  तेस्रो बैठक आगामी २० अप्रिल २०१७ मा काठमाण्डौंमा आयोजना गर्न पूर्व तयारी कार्यहरु शुरु गरेको ।
21 । नेपाल र भूटानबीच द्विपक्षीय व्यापार सम्झौतालाई अघि बढाउने सन्दर्भमा दुईवटा कार्यदल गठन भई विगतमा भएका समझदारीहरु, दुई पक्षबीच सहुलियतपूर्ण व्यापारका लागि आदान प्रदान गरिएका सूची (List of Exportable Items for Concession) को अध्ययन विश्लेषण गरी परिवर्तित सन्दर्भमा के कसरी अघि बढ्न उपयुक्त हुन्छ भन्ने सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल र परामर्श चलिरहेको ।
22। एशियाली विकास बैंकको सहयोग तथा सहकार्यमा नेपालको विद्यमान Transit Cargo ढुवानी व्यवस्थालाई आधुनिक प्रविधिको उपयोगमार्फत सुधार गरी छिटो–छरितो, लागत किफायती र सुविधाजनक बनाउने प्रयास स्वरुपElectronic Cargo Tracking System (ECTS ) को नमूना (Pilot) सञ्चालन सम्बन्धी सम्भाव्यता पहिचान गर्न सरकारी तथा निजी क्षेत्रका सम्बन्धित सरोकारवालाहरुसँग छलफल तथा परामर्श गर्ने उद्देश्यले मिति २०७३।११।२३ मा एक दिवसीय कार्यशाला सम्पन्न गरिएको । सो प्रणालीलाई कार्यान्वयनमा ल्याउन कार्यशालामा सहभागी अधिकांश प्रतिनिधिहरुबाट सकारात्मक राय प्राप्त भएअनुसार यस सम्बन्धी प्रक्रियालाई अघि बढाइएको ।

वस्तु विकास तथा निर्यात प्रवद्र्धन सम्बन्धी
23। अन्तर्राष्ट्रिय व्यापार केन्द्र (ITC) को सहयोगमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुमध्ये अलैंची, कफी, चिया र हाते कागजको निर्यात रणनीति (Export Strategy)  तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको । साथै, सोही केन्द्रको सहयोगमा नेपाली उत्पादनहरुले अन्तर्राष्ट्रिय बजारमा सामना गर्नु परिरहेका Non-Tariff Measures (NTMs) का बारेमा अध्ययन गरी मुख्य मुख्य अवरोधहरुलाई पहिचान गर्ने कार्य अन्तिम अवस्थामा पुगेको ।
24 । नेपाली वस्तुहरुको निकासी प्रवद्र्धनको लागि ८ वटा प्रमुख गन्तव्य बजारहरु (भुवनेश्वर¸ कोलकाता, हरियाणा, सिनिङ, कुनमिङ, थिम्पू, लाहोर र ह्यानओभर) मा आयोजना भएका अन्तर्राष्ट्रिय व्यापार मेलाहरुमा सहभागिता जनाई नेपाली उत्पादनहरुको प्रचार प्रसार गरिएको ।
25। स्थानीय उत्पादनहरुलाई प्रोत्साहन र बजारीकरणको लागि हस्तकला¸ जडीबुटी लगायतका वस्तुहरुको राष्ट्रिय र क्षेत्रीय स्तरमा व्यापार मेलाहरु आयोजना गरिएको ।

विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको प्रतिनिधित्व र सहभागितासम्बन्धी
26। विश्व खाद्य संगठनको तत्वावधानमा इटालीको राजधानी रोममा ३ अक्टोबर २०१६ मा आयोजित4th Ministerial Meeting on Agricultural Commodity Markets and Prices  अन्तर्गत Trade, Food Security and Nutrition बलम ल्गतचष्तष्यल विषयक सत्रमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल लगायतका अतिकम विकसित मुलुकहरुले खाद्य सुरक्षा कायम गर्न सामना गर्नु परिरहेका चुनौतीहरु तथा कृषिजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार मूल्यमा भइरहने उच्च उतार चढावले नेपाल जस्तो कृषि अर्थतन्त्रमा निर्भर मुलुकको निर्यात व्यापारमा पर्नसक्ने असरहरुबारे विश्व समुदायलाई जानकारी गराउँदै अतिकम विकसित मुलुकहरुलाई खाद्य सुरक्षा कायम गर्न तथा कृषि उपजहरुको मूल्यमा आइरहने उतार चढावबाट त्यस्ता मुलुकहरुको निर्यात व्यापारमा प्रतिकूल असर पर्न नदिन विश्व खाद्य संगठनको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरमा चाल्नुपर्ने कदमहरुबारे नेपालको धारणा प्रस्तुत गरेको ।
27। भारतको राजधानी नयाँ दिल्लीमा BRICS  सम्मेलनको साइड लाइनमा १४ अक्टोबर २०१६ मा आयोजित BIMSTEC Business Summit मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएको । उक्त बैठकमा BIMSTEC Free Trade Area सम्बन्धी सम्झौतालाई यथाशीघ्र निष्कर्षमा पु¥याई बिमस्टेक सदस्य मुलुकहरुबीच व्यापार, पर्यटन, लगानी, जलविद्युत लगायतका क्षेत्रमा पारस्परिक सहयोग विस्तार गर्न जोड दिएको । सोही बैठकको सन्दर्भमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री (स्वतन्त्र कार्यभार) श्रीमती निर्मला सीतारामनसँग भेटवार्ता गरी नेपाल–भारतबीचको व्यापार तथा पारवहन सम्बन्धलाई थप सहज र सुदृढ बनाउने विषयमा छलफल भएको ।
28। बंगलादेशको राजधानी ढाकामा बंगलादेश सरकार र Centre for Policy Dialogue (CPD)  को संयुक्त तत्वावधानमा १५–१६ अक्टोबर २०१६ मा भएको 9th South Asia Economic Summit (SAES-IX) मा सार्कलाई प्रभावकारी बनाई यस क्षेत्रमा व्यापार, लगानी तथा Connectivity को विस्तार मार्फत क्षेत्रीय एकीकरणलाई थप सघन बनाई यस क्षेत्रको आर्थिक वृद्धिलाई उच्च बनाउन चाल्नुपर्ने साझा कदमहरुबारे सार्क क्षेत्रका प्रबुद्ध वर्ग, उद्यमी व्यवसायी, र राजनीतिज्ञहरुबीच नेपालको धारणा प्रस्तुत गरिएको । सोही बैठकको सन्दर्भमा बंगलादेशका माननीय वाणिज्य मन्त्री Mr. Tofail Ahmed सँग द्विपक्षीय भेटवार्ता गरी नेपाल–बंगलादेशबीच व्यापार र पारवहनको क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको ।
29। नेपालको Handmade Carpet लाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको ह्यानोभर शहरमा मिति १४–१७ जनवरी २०१७ मा आयोजित DOMOTEX 2017  मेलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागिता जनाइएको । सो क्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयोजना गरेको नेपाल साँझ कार्यक्रममा सहभागी भई नेपालबाट जर्मनी लगायतका युरोपेली देशहरुमा नेपालबाट ठूलो परिमाणमा गलैँचा लगायतका उत्पादनहरु आयात गर्ने आयातकर्ता, उद्यमी, व्यवसायीहरुलाई सम्मान गरिएको । सोही क्रममा जर्मनीकै अर्को शहर स्टुटगार्टमा आयोजित CMT-2017 मेलामा सहभागी भई नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी विषयमा पत्रकारहरुसँग एक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको ।
30। भारतको विशाखापटनम्मा २८–२९ जनवरी २०१७ मा भएकोPartnership Summit–2017 मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएको । उक्त बैठकमा दक्षिण एशियाली मुलुकहरु प्राकृतिक तथा मानव संसाधनमा धनी भएको कुरा उल्लेख गर्दै यस क्षेत्रका मुलुकहरुबीच सहयोग र समन्वय बढाई यी साधन स्रोतको अत्युत्तम परिचालन गरी आर्थिक संवृद्धि हासिल गर्नुपर्ने कुरामा जोड दिइएको । सो बैठकको साइड लाइनमा आन्ध्रप्रदेशका मुख्य मन्त्री श्री चन्द्रबाबु नायडू, युक्रेनका प्रथम उपप्रधानमन्त्री तथा आर्थिक विकास एवं व्यापार मन्त्री H.E. Mr. Stepan Kubiv, बंगलादेशका वाणिज्य मन्त्री H.E. Mr. Tofail Ahmedम, संयुक्त अरब इमिरेट्सका अर्थमन्त्री H.E. Sultan Bin Saeed Al Mansoori, भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री (स्वतन्त्र कार्यभार) H.E. Mrs. Nirmala Sitharaman, International Trade Centre (ITC) sf Executive Director Ms. Arancha Gonzalez लगायतका उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय व्यापार, लगानी, आर्थिक सहयोग विस्तार गर्ने बारेमा गहन छलफल भएको । खासगरी भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्रीसँग जुट लगायतका नेपाली वस्तुहरुमा भारतले लगाइरहेको काउन्टरभेलिङ महसुल हटाउन, नेपाल आउने सामानमा सर्भिस ट्याक्स आदि नलगाउन अनुरोध गरेको ।
31। बंगलादेशको ढाकामा ८–९ फेब्रुअरी २०१७ मा आयोजितAsia-Pacific Business Forum मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एशिया र प्रशान्त क्षेत्रका मुलुकहरुबीच क्षेत्रीय एकीकरण (regional integration) लाई विस्तार गरी यस क्षेत्रमा दिगो विकासका लक्ष्यहरु तथा आर्थिक वृद्धिलाई तीव्रतर बनाउन निजी क्षेत्रले खेल्नसक्ने भूमिकाका बारेमा नेपालको धारणा प्रस्तुत गरेको ।
32। भियतनामको हनोइमा ७–९ मार्च २०१७ मा भियतनाम सरकार र UN-OHRLLS को संयुक्त तत्वावधानमा आयोजित युरो एशिया क्षेत्रका लागि पारवहन, व्यापार सहजीकरण र दिगो विकासका लक्ष्यमा सहयोग आदान प्रदान विषयक उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएको । उक्त बैठकमा भूपरिवेष्टित मुलुकले पारवहनको क्षेत्रमा भोगिरहनुपरेका चुनौती, अतिकम विकसित मुलुकका लागि पारित भियना कार्ययोजनामा भएको प्रगति तथा भूपरिवेष्टित मुलुकहरुलाई अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा थप प्रभावकारी तवरले आबद्ध गराउन आगामी दिनमा पारवहन, यातायात सुविधा लगायतका क्षेत्रमा चाल्नुपर्ने कदमहरुबारे अन्तर्राष्ट्रय जगत्लाई जानकारी गराएको । बैठकको सन्दर्भमा अन्कटाडका महासचिव Dr. Mukhisa Kituyi, , अन्तर्र्रािष्ट्रय सडक यातायात संघका महासचिवMr. Umberto de Pretto, UN-OHRLLS का उपमहासचिव श्री ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघबाट जारी दिगो विकास एजेण्डा २०३० का लागि विश्व बैंकका वरिष्ठ उपाध्यक्ष ःMr. Mahamoud Mohieldin, भियतनामका उप–प्रधानमन्त्री तथा विदेशमन्त्री H.E. Mr. Pham Binh Minh र भियतनामका सहायक विदेशमन्त्री H. E. Pham SanhChaun सँंग शिष्टाचार भेटघाट भई ती संस्था तथा देशहरुसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको ।

व्यापारसम्बद्ध नीतिगत÷कानूनी सुधार, राय परामर्श प्रदान तथा प्रगति विवरण सम्प्रेषणसम्बन्धी
33। नेपालको वाणिज्य क्षेत्रलाई रणनैतिक सोचका साथ अघि बढाउने उद्देश्यले सन् २०१० मा जारी गरिएको नेपाल व्यापार एकीकृत रणनीति (NTIS-2010)  मा समसामयिक परिमार्जन र सुधार गरी नयाँ व्यापार एकीकृत रणनीति (२०१६) कार्यान्वयनमा ल्याइएको ।
34। नयाँ वाणिज्य नीति, २०७२ को कार्यान्वयनका लागि विभिन्न कार्यहरु अघि बढाइएको । नीतिले परिकल्पना गरेअनुसार साबिकको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई बृहत् कार्यक्षेत्रलाई समेट्ने गरी व्यापार प्रवद्र्धन प्रतिष्ठान नामक एक स्वायत्त संस्थाको रुपमा रुपान्तरण गर्न यसको नीतिगत, सांगठनिक, प्रशासनिक, आर्थिक पक्षमा अध्ययन विश्लेषण गरी कार्यान्वयनयोग्य सुझाव पेश गर्न एक कार्यदल गठन गरिएको । कार्यदलको सुझाव प्राप्त भएपछि प्रतिष्ठान स्थापना गर्ने विषयलाई प्राथमिकता साथ अघि बढाउने स्थितिमा मन्त्रालय रहेको ।
35। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको मौजूदा गठन आदेशलाई संशोधन गर्ने क्रममा संशोधन प्रस्ताव तयार गरी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय सहमतिको लागि पठाएकोमा त्यहाँबाट संशोधन प्रस्तावमा राय सुझाव प्राप्त भई सो संशोधित मस्यौदा मन्त्रिपरिषद्को निर्णयार्थ प्रस्तुत गर्ने क्रममा रहेको ।
36। विभिन्न मन्त्रालयहरुबाट प्राप्त राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी सम्बन्धी कानून (FITA)  को संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३, विदेशबाट नेपालमा काठ आयात गर्दा अपनाउनुपर्ने मापदण्ड निर्देशिका, २०७३ र विशेष आर्थिक क्षेत्र नियमावली, २०७३ को मस्यौदाहरू उपर यस मन्त्रालयको राय तथा सुझावहरु पठाइएको ।
37। नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७२।८।२४ को निर्णय अनुसार स्वीकृत ‘तत्काल सुधार कार्ययोजना’ तथा सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यवस्थापिका संसद्मा मिति २०७३ भदौ २३ मा भएको सम्बोधनमा भएका विषयहरूमध्ये यस मन्त्रालयसँग सम्बन्धित विषयहरूलाई समयबद्ध रूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगमा नियमित रूपमा पठाउने गरिएको ।
वाणिज्य मन्त्रालय र सम्बन्धित निकायहरुको क्षमता विकास सम्बन्धी
38। व्यापारका लागि सहायता(Aid for Trade) सम्बन्धी विकास साझेदारहरुसँग बैठक गरी नेपाल व्यापार एकीकृत रणनीति, २०१६ को प्रभावकारी कार्यान्वयनमा आवश्यक प्राविधिक तथा आर्थिक सहयोगको सुनिश्चितताका लागि अनुरोध गरिएको । साथै,Enhanced Integrated Framework (EIF) Donor Facilitator को भूमिका जर्मन राजदूतावासबाट नेपालस्थित युरोपियन युनियनको नियोगलाई हस्तान्तरण गरिएको ।
39। नेपाल हस्तकला व्यवसायी महासंघको अनुरोधमा नेपालका अग्रज कलाकारहरुबाट युवा पुस्ताका कलाकारहरुमा सीप हस्तान्तरण गरी नेपाली मौलिक तथा परम्परागत कलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले थान्का चित्र (२ दिन), धातुकला (३ दिन) र चाँदीका गरगहना तथा मूर्ति कला (३ दिन) सम्बन्धी तालिम सञ्चालन भइरहेको ।
40। वाणिज्य मन्त्रालय र अन्तर्गतका कर्मचारीहरुको व्यापार वार्ता सम्बन्धी सीप अभिवृद्धि गर्न World Trade Institute मार्फत ३ दिवसीय तालिम सञ्चालन गरिएको ।
41। वाणिज्य मन्त्रालय र विभिन्न मन्त्रालय तथा निकायकाWTO Focal Points लगायत व्यापार सहजीकरणसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुलाई दुई दिवसीय व्यापार सहजीकरण सम्झौता सम्बन्धी तालिम प्रदान गरिएको ।
42। युरोपियन युनियनले नेपाल लगायतका GSP Beneficiary Country लाई लक्षित गरी सन् २०१७ को जनवरीबाट कार्यान्वयनमा ल्याएको Registered Exporter System (The REX) ० लाई नेपालमा लागू गर्ने सम्बन्धमा युरोपियन युनियनद्वारा ब्रसेल्समा आयोजित प्रशिक्षणमा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कर्मचारीलाई सहभागी गराइएको ।
43। नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघको अनुरोधमा सम्बद्ध उद्यमी व्यवसायीहरुलाई SPS र TBT  सम्बन्धी तालिम प्रदान गरिएको ।
44 । महिला उद्यमीहरुको अनुरोधमा विभिन्न ४८ जिल्लाका सक्रिय महिला उद्यमीहरुलाई वाणिज्य नीति, २०१५, औद्योगिक नीति, २०६७ र नेपाल व्यापार एकीकृत रणनीति, २०१६ को बारेमा जानकारी गराउने उद्देश्यले १ दिवसीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको ।
45 । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि SPS, TBT, Certification, Accreditation  विषयमा प्रशिक्षण लगायत वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति, २०१६ सँग तादात्म्य कायम गरी वार्षिक कार्यक्रम तर्जुमा गर्ने सम्बन्धमा दुई दिवसीय तालिम तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको ।

बोर्ड अफ ट्रेड तथा EIF National Steering Committee को बैठक
46। वाणिज्य नीति, २०७२ मा भएको व्यवस्था बमोजिम मेरो अध्यक्षतामा मिति २०७३ मंसिर ८ गते बोर्ड अफ ट्रेडको छैटौँ बैठक बसी नेपाल–भारत सीमा नाकामा निर्माण भइरहेका Integrated Check Post (ICP) हरुको निर्माणमा शीघ्रता ल्याउने¸ नेपालमा आयात हुने खाद्य वस्तुहरुको न्यूनतम गुणस्तर सुनिश्चित गर्ने¸ ऊर्जा उत्पादनका कार्यक्रममा प्रभावकारिता ल्याउने र कृषिजन्य वस्तुहरुको बढ्दो आयातलाई व्यवस्थापन गर्न र उत्पादकत्व वृद्धि गर्दै निर्यात वृद्धि गर्ने विषयमा छलफल भई विभिन्न निर्णयहरु गरिएको । यसैगरी मिति २०७३ फागुन १५गते बोर्ड अफ ट्रेडको सातौँ बैठक बसी वाणिज्य क्षेत्रको विकासका लागि आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विस्तृत छलफल भई कार्यान्वयनयोग्य सुझावहरुलाई आगामी आ.व. २०७४÷७५ को नीति तथा कार्यक्रम र बजेटमा अधिकतम रुपमा सम्बोधन गर्न निर्णयानुसार सम्बन्धित निकायहरुमा अनुरोध गरी पठाइएको । बोर्ड अफ ट्रेडको बैठकले निर्देश गरेबमोजिम वाणिज्य क्षेत्रको विकासको लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता साथ अघि बढाइरहेको ।
47 । नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा व्यवस्था गरिएबमोजिम राष्ट्रिय निर्देशन समितिको बैठक बसी उक्त रणनीतिको कार्यान्वयनलाई प्रभावकारी र नतिजामुखी बनाउन सरोकारवालाहरुलाई निर्देशन दिइएको । साथै, Thematic Committee हरुलाई उक्त रणनीतिको आ–आफ्नो कार्यक्षेत्रभित्र सक्रियतापूर्वक कार्य गर्न र प्रगति पेश गर्न पत्राचार गरिएको । राष्ट्रिय निर्देशन समितिको आगामी बैठकमा हालसम्मको प्रगति समीक्षा गरी उक्त रणनीतिको कार्यान्वयनलाई छिटोछरितो र थप प्रभावकारी बनाउने सम्बन्धमा समेत निर्णय लिने गरी प्रक्रिया अघि बढेको ।
48। नेपाल व्यापार एकीकृत रणनीति, २०१६ तथा वाणिज्य नीति, २०७२ ले प्रमुख निर्यातजन्य वस्तुका रूपमा पहिचान गरेका वस्तुहरूका अतिरिक्त नेपालको मौलिक पहिचान झल्कने, स्थानीय साधन–स्रोत, सीप र दक्षतामा आधारित तथा परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुने वस्तुहरूको विकास र प्रवद्र्धन गरी विश्व बजारमा त्यस्ता वस्तुहरूको पहुँच वृद्धि गरी नेपालको निर्यात बढाउन वाणिज्य मन्त्रालयले जोड दिँदै आएको छ । यस क्रममा खासगरी साना कृषकहरू तथा महिला उद्यमी, व्यवसायीहरूबाट सञ्चालित साना तथा मझौला उद्योगबाट उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धनको कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ । स्वदेशमै उच्च मूल्य अभिवृद्धि हुने तथा दुर्गम र ग्रामीण क्षेत्रका सीमान्तीकृत किसान र महिला दिदीबहिनीहरूको आय र जीवनस्तरमा सुधार ल्याउन योगदान पु¥याउने अलैँची, अदुवा, चिया, कफी, जडिबुटी, औषधीजन्य तथा सुगन्धित वनस्पतिहरू (Medicinal and Aromatic Plants : MAP) को प्रवद्र्धन र बजार विस्तारका लागि मन्त्रालयले विशेष जोड दिँदै आएको छ ।
49 । निजी क्षेत्र विकास र व्यापारको प्रमुख संवाहक भएको कुरालाई दृष्टिगत गरी निजी क्षेत्र मैत्री व्यापार, लगानी तथा औद्योगिक नीतिहरु कार्यान्वयनमा ल्याउन मन्त्रालय सचेष्ट रहेको छ । मुलुकको व्यापारलाई स्वच्छ, सन्तुलित र मर्यादित ढङ्गले अघि बढाउन तथा अनधिकृत व्यापारलाई नियन्त्रण र निरुत्साहित गर्न निजीक्षेत्रबाट पनि उत्तिकै सहयोग हुनुपर्दछ भन्ने कुरामा मन्त्रालय जोड दिन चाहन्छ ।
50। अन्त्यमा, मैले वाणिज्य मन्त्रालय सम्हाले यता भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, सरकारी काम कारवाहीमा पारदर्शिता र स्वच्छता कायम गर्ने जस्ता नेपाल सरकारको नीतिलाई पूर्णतः आत्मसात गर्दै मन्त्रालय र यस अन्तर्गतका निकायहरूबाट प्रवाह हुने सरकारी सेवालाई थप चुस्त, दक्ष र गुणस्तरीय बनाई सर्वसाधारण सबैले सुशासनको अनुभूति गर्न पाउने व्यवस्था मिलाउन जोड दिँदै आएको छु । कर्मचारीहरूलाई आफ्नो आचरण र मनोवृत्तिमा सकारात्मक सुधार ल्याई जनतालाई प्रवाह गर्नुपर्ने सेवा र सुविधाहरू समयमै अनुशासित ढङ्गले उपलब्ध गराउन र प्रक्रियागत सरलीकरणलाई क्रमशः अघि बढाउँदै लैजान निरन्तर निर्देशन दिँदै आएको छु । यस क्रममा वाणिज्य मन्त्रालय र यस अन्तर्गतका कर्मचारीहरूबाट उपलब्ध हुने सेवाबाट सबै सेवाग्राहीहरू सन्तुष्ट हुँदै गएको विश्वास मैले लिएको छु । मन्त्रालय र अन्तर्गत निकायबाट प्रवाह हुने सेवालाई आगामी दिनमा थप सरल, गुणस्तरीय र प्रविधिमैत्री बनाउन आवश्यक प्रयासहरू गरिँदै लगिने कुरामा म यहाँहरू सबैलाई विश्वास दिलाउन चाहन्छु । सार्वजनिक सरोकारका विषयमा नागरिकको सूचना पाउने हकलाई पूर्ण सम्मान गर्दै नागरिक–मैत्री प्रशासनको विकास गर्ने तर्फ म प्रतिबद्ध छु ।
51। मैले वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेको दिनदेखि मन्त्रालय र यस अन्तर्गतका निकायहरूमा काम गर्ने सबै तह र तप्काका कर्मचारीहरुलाई आ–आपूmलाई तोकिएको जिम्मेवारी उच्च प्रतिबद्धताका साथ सम्पादन गर्न उनीहरुलाई काममा उत्प्रेरित गर्ने, हौसला प्रदान गर्ने, कार्यसम्पादन गर्न आवश्यक साधनस्रोत जुटाउने, कर्मचारीहरुको क्षमता विकासका लागि स्वदेशी तथा विदेशी तालिम÷प्रशिक्षणमा सहभागी गराउन उच्च जोड दिँदै आएको व्यहोरा समेत प्रकाश पार्न चाहन्छु ।

उल्लिखित प्रयासहरुका बाबजुद मुलुकको व्यापार घाटा निरन्तर बढ्दै जानुले वाणिज्य मन्त्रालयको तर्फबाट हामीले आगामी दिनमा थप लगन र मिहिनेतका साथ काम गर्नुपर्ने कुरालाई संकेत गरेको छ । त्यसो त व्यापार घाटा घटाउने विषय यस मन्त्रालयसँग मात्र सम्बन्धित नरही विभिन्न मन्त्रालय, विभाग, सार्वजनिक संस्थानहरु, निजी क्षेत्रका उद्योग, प्रतिष्ठानसँग पनि घनिष्ट रुपमा जोडिएको अन्तर् सम्बन्धित (Cross-cutting) विषय भएकोले सम्बन्धित सबै निकायहरु र क्षेत्रको समन्वित प्रयासमा मात्र व्यापार घाटालाई घटाउन सकिने वास्तविकतातर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । आगामी दिनमा वाणिज्य मन्त्रालय र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ र कार्यमूलक बनाउँदै उत्पादन वृद्धि, प्रक्रियागत सुधार, व्यापार पूर्वाधार संरचनाहरुको विकास र व्यापार सहजीकरण तथा बजार विस्तारमार्फत व्यापार घाटा घटाउने दिशातर्फ मन्त्रालय थप प्रतिबद्ध भएर अघि बढ्ने विश्वास सबैमा दिलाउन चाहन्छु ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]