tata_tiago

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु

काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सोमबारदेखि प्रारम्भ गरेको छ । समितिले उजुरीका लागि विज्ञापनको समयसीमा सकिएपछि सोमबारदेखि सुनुवाई आरम्भ गरेको हो ।
सरकारले लक्की शेर्पा(अस्ट्रेलिया), निरञ्जनकुमार थापा(इजरायल), शर्मिला पराजुली(ओमान), रमेशप्रसाद कोइराला(कतार), अर्जनुजङ्गबहादुर सिंह(गणतन्त्र कोरिया), प्रतिभा राणा(जापान), युवनाथ लम्साल(डेनमार्क), चोपलाल भुसाल(बङ्गलादेश), पदम सुन्दास(बहराइन), भीमकृष्ण उदास( म्यान्मार) विश्वम्भर प्याकुरेल(श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत(साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । प्रस्तावित राजदूतमध्ये पराजुली र कोइरालाविरुद्ध चार उजुरी परेको छ ।

समितिले सोमबार उजुरीकर्तालाई बोलाएर उजुरीमा उल्लेख भएका विषयवस्तुको वास्तविकताबारे जानकारी लिएको थियो । समितिले राजदूतमा सिफारिस भएकामध्ये अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी लक्की शेर्पाको आज संसदीय सुनुवाइ गरेको थियो । समितिले मङ्गलबार छ जनाको संसदीय सुनुवाइ गर्ने कार्यक्रम बनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]