tata_tiago

नेताहरुको दहीच्यूरे प्रवृतिका कारण जनतामा राजनीतिप्रति वितृष्णा बढ्यो : नेता पौडेल

इलाम । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको दहीच्युरे प्रवृतिका कारण जनतामा राजनीतिप्रति वितृष्णा बढेको निष्कर्ष निकालेका छन् । राजनीतिक दलका शिर्षस्थ नेताहरुले जनताप्रति जवाफदेही भुमिका निर्वाह नगर्दा देशमा अतिवाद निम्तने खतरा बढ्ने चेतावनी पनि उनले दिए ।


इलाममा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकता प्रशिक्षण तथा गाँउ जागरण अभियानको उद्घाटनका क्रममा नेता पौडेलले राजनीतिलाई सम्मान दिलाउनका लागि साझा आन्दोलनको जरुरी रहेको औल्याए । पौडेलले प्रमुख दलका शीर्ष नेताहरुले एकलौटी निर्णयले संविधान संकटमा परेको बताए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले मधेशीलाई काठमाण्डौले सौताको दृष्टिले हेरेका कारण मधेशमा विकराल समस्या निम्तिएको जिकिर गरे । उनले कुनै पनि हालतमा हिन्दी भाषालाई राष्ट्र भाषा मान्न नसकिने पनि बताए ।

नेपाली काँग्रेसले आगामी बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ३ दिवसीय अगुवा कार्यकताहरुलाई प्रशिक्षण तथा गाँउ जागरण अभियान संचालन गरिरहेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]