tata_tiago

सरकारले लिएको वाणिज्य नीतिका कारण निर्यात व्यापार बढ्यो : वाणिज्य मन्त्री गौचन

काठमाडौँ । वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकारले लिएको वाणिज्य नीतिका कारण निर्यात व्यापार १५ प्रतिशतले बढेको बताउनु भएको छ । उनले चीनसँगको निर्यातमा अपेक्षा गरे अनुसारको सुधार भएको बताउँदै अन्य देशसँगको व्यापार अभिवृद्धिमा पनि सरकार तदारुकताका साथ अगाडि बढेको उल्लेख गरे । 

मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री थकालीले निजी क्षेत्रसंगको सहकार्य व्यापार अभिवृद्धिमा महत्वपूर्ण रहेको बताए । वाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थकालीले निर्यात व्यापारमा सहयोग गर्न सरकार तयार भएको बताउँदै सफा र स्वच्छ मनका साथ व्यवसायीले काम गरे देशले आर्थिक रुपमा फड्को मार्ने चर्चा गरे ।

भदौ १० गते पदभार ग्रहण गरेपछि भारतसँगको व्यापार तथा पारवहन सम्झौता ७ बर्षका लागि नवीकरण गर्नु, काठमाडौंको चोभारमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी निर्माणको कामलाई अगाडि बढाउनु, नेपालको गलैचा, हस्तकला, अलैची, कार्पेट लगायतको उत्पादनलाई विदेशमा निर्यात गर्न मन्त्रालयले उल्लेख भूमिका खेलेको मन्त्री थकालीले स्पष्ट पार्नु भएको छ । ५१ बुँदा समेटिएको पाँच पृष्ठ लामो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थकालीले निजी क्षेत्र, विकास र व्यापारको प्रमुख संवाहक भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर आफू अगाडि बढिरहेको बताएका हुन् ।

निजीक्षेत्र–मैत्री वाणिज्य, लगानी तथा औद्योगिक नीतिहरु कार्यान्वयनमा ल्याउन मन्त्रालय सचेष्ट रहेको कुरा बताउँदै मन्त्री थकालीले मुलुकको व्यापारलाई स्वच्छ, सन्तुलित र मर्यादित ढङ्गले अघि बढाउन तथा अनधिकृत व्यापारलाई नियन्त्रण र निरुत्साहित गर्न निजीक्षेत्रबाट पनि उत्तिकै सहयोग हुनु पर्ने धारणा राखे ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]