tata_tiago
century-bank

आईजीपी नियुक्ति विवादमा सर्वोच्च अदालतको वहस सकियो, फैसला भोलि सुनाइने

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सकिएको छ । बहस सकिएतापनि सर्वोच्चले फैसला भने भोलि मात्र सुनाउने जनाएको छ ।


सर्वोच्च अदालत प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा डीआईजी जयबहादुर चन्द पक्षका वकिलले बहस भने गरेनन् । सोमबार सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

चन्द पक्षका वकिलहरु अनुपस्थित भएपछि माइकिङ गरेर नाम बोलाइएको थियो । तर, सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल लगायत वरिष्ठ अधिवक्ताहरु गएनन् । रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए । सिलवालका तर्फबाट बद्रीबहादुर कार्की, तुलसी भट्ट, भीमार्जुन आचार्य र टिकाराम भट्टराईले बहस गरेका थिए ।

बहस सकिएपनि प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको बार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय जानु परेका कारण सोमबार फैसला आउन सकेन र फैसला मङलबारका लागि सारिएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]