tata_tiago
century-bank

निर्वाचन आयोग घेराउ गर्न उपप्रधानमन्त्री थापा नै सहभागि

काठमाडौं । आफैँ सरकारमा रहेर निर्वाचन आयोग घेराउ गर्न पुगेको राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा राप्रपाका केही कार्यकर्ताहरु गम्भीर घाईते छन् ।

झडप पछि राप्रपा नेता र कार्यकर्ताहरु सडकमा नै धर्नामा बसेका थिए । धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयंम सहभागी भएका छन् ।

झडपको क्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, कोमल वलीसहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।

कोमल वलीलाई काठमाडौं मोडल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । भने अन्य १६ जनालाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]