century-bank

मधेसी मोर्चा र एमालेसंगको संवादले सकारात्मक नतिजा निकाल्ने : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राजनीतिक सहमतिमै तोकिएको समयमा तीनै तहकोे निर्वाचनको हुने बताएका छन् । उनले मधेसी मोर्चा र नेकपा एमालेसंग भइरहेको संवादले चाँडै सकारात्मक नतिजा निकाल्ने विश्वास समेत व्यक्त गरे ।

नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोईरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले चुनावतर्फ देश अग्रसर भईसकेकाले अव चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने बताए । उनले राजनीतिक दलहरुको सहमतिमै तोकिएको समयमा निर्वाचन हुने बताए ।

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिदै निर्वाचन निष्पक्ष हुनेमा ढक्क हुन सबैलाई आग्रह गरे ।

सभापति देउवाले मधेशी मोर्चासँग संबिधान संशोधनको बिषयमा छलफल भईरहेको र एमालेसँग समेत संवाद भइरहेको भन्दै छिट्टै निकास निक्लने र देश निर्वाचनमय बन्नेमा कसैले शंका नगर्न आग्रह गरे ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]