century-bank

गायक शिव हमाललाई पाँच प्रश्न : भन्छन्– भुटेको मकै ‘फेबरेट’ हो

काठमाडौं । ‘पछ्यौरी लेऊ बैना’ बोलको गीतबाट आफूलाई चर्चामा ल्याउन सफल भएका नेपाली लोक संगीतका एक धरोहर हुन् स्याङजा, ज्याग्दीखोलाका शिव हमाल ।

गीत संगीतसँगै संस्थाप्रति धेरै नै चासो राख्ने उनी साँगीतिक क्षेत्रकै लागि र संस्थाका लागि आफूलाई समर्पित गरेर विगत करिब १० वर्षदेखि क्रियाशिल छन् ।

हमालले हालसम्म धेरै गीतहरुमा आफ्नो लय, शब्द, सिर्जना साथै स्वर दिइसकेका छन् । आफ्नो जीवनको अधिकांश समय लोकगीत र संगीतको लागि समर्पित गर्ने उनी बताउँछन् ।

नेपाली लोक संगीतका एक धरोहर हमालसँग न्यूज२४ का सुजन पन्तले उनीसँग गरेको कुराकानीको सम्पादित अशं :–

मनपर्ने नेता
युवा नेता गगन थापा मनपर्छ, उहाँको सोँच राम्रो लाग्छ । उहाँमा नेतृत्व क्षमता र राजनीतिक कला छ । छोटो समयमा नै परिपक्व ढंगले विषयवस्तुको गम्भिरता अध्ययन गरेर रायसुझाब दिने तथा निर्णय दिन सक्ने हुनुहुन्छ ।

छोटो समयमा पार्टी राजनीतिको सबै पाटो र पक्षलाई बुझ्नुभएको छ । व्यवहारिक हिसाबले समायोजन गर्न सक्ने खुबी उहाँमा छ । पार्टी लाइन र लिडरसिपले खोजेको कुरालाई नै जस्टिफाइ गर्ने उहाँको अर्को विशेषता छ ।

मनपर्ने खाना
हरेक नेपालीको प्रिय खाना दाल, भात र तरकारी भन्दा पनि मेरो मनपर्ने खाना भुटेको मकै हो । घर जाँदा कहिल्यै पनि नछुटाई काठमाडौं आउँदा ल्याउने भनेको मकै हो ।

काठमाडौं ल्याइसकेपछि पनि मकै चाहिँ सकेसम्म अरुलाई दिन नपाए हुन्थ्यो लाग्छ । मकै बाहेक अरु खानेकुरा चाहिँ सबै बाँड्न मन लाग्छ ।

मनपर्ने हाँस्यकलाकार
मलाई दुई जोडी कलाकार मनपर्छ । एकदमै मनपर्ने हाँस्यकलाकार भनेको मह जोडी, उहाँहरुको त म शब्दले बयान गर्नै सक्दिन् ।

उहाँहरू अर्कै क्षेत्रको भए पनि उहाँहरुलाई हेरेरै मैले पनि लोकगीत क्षेत्रमा आफ्नो करिअर सुरु गरेको हुँ । उहाँहरूको अभिनय मात्रै होइन, व्यक्तित्वबाटै म नतमस्तक छु ।

त्यसपछि भद्रगोलका हास्यकलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ मलाई मन पर्ने कलाकार पनि हुन् ।

‘भद्रगोल’ टेलिसिरियल असाध्यै हेर्ने गर्छु । उनीहरुको मलाई प्रस्तुति मन पर्छ । उनीहरुको अभिनय कला पनि गज्जबको छ । उनीहरुको अभिनयकलामा कुनै कृत्रिमता देख्दिनँ म ।

मनपर्ने नायक
मलाई मनपर्ने नायक राजेश हमाल हो । किनकि उहाँको जीवनशैली र पर्सानालिटी जस्ता कुराले मलाई लोभ्याउँछ ।

हमालको बोल्ने शैलीले मलाई निकै प्रभावित बनाएको छ । उहाँ जोसुकै सँग बोल्दा पनि हँसिलो मुहारमा बोल्नुहुन्छ ।

जो कसैलाई पनि सम्मान गर्नुहुन्छ । त्यसैले उहाँको जीवनशैली एकदम गज्बको छ ।

मनपर्ने गायक
म्याक्सम खाती मन पर्ने गायक हुन् । म्याक्समलाई मैले नै यो क्षेत्रमा प्रवेश गराएको हुँ । उनी एकदम पृथक र मेहनती छन् ।

अनि राम्जी खाँण पनि मलाई मनपर्छ । पछिल्लो पुस्तामा उहाँको गीतले मन छुन थालेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]