tata_tiago

सिरियाको राजधानीक्षेत्रमा सरकारी सेना र विद्रोहीबीच भीषण संघर्ष जारी

सिरिया । सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले जोबार जिल्लामा दुईवटा आत्मघात विस्फोट गराएका थिए । सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाएको हो ।

त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको छ । संघर्षमा गोलाबारुद तथा रकेटको प्रयोग भएको पर्यवेक्षकले जनाएका छन् । विद्रोही विरुद्ध सरकारी ३० भन्दा धेरै युद्ध विमान खटिएका छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]