century-bank

नीताको सोहमसँग यसरी सुरु भयो (भिडियोसहित)

भर्खर भर्खर सफर सुरु भएको छ
उनीसँग जुध्न नजर सुरु भएको छ

काठमाडौं । सफरको सुरुवातमा नै नायिका नीता ढुंगानाको नजर सोहम भेटुवालसँग जुध्न सुरु भएको छ र एउटा प्रेमि मोडमा पुगेको छ ।

नीता र नायक तथा मोडल सोहमलाई यसरी प्रेम शुत्रमा बाँध्ने गीत लेखेका हुन् अहिलेका चर्चित गीतकार नृपेश उप्रेतीले ।

जुन गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको छ । जसलाई नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारण सभामा बिबिसि विश्व सेवाका नवीन सिंह खड्काले बिमोचन गरेका हुन् ।
‘यो गीत हरेक युवा मनको चाहना र भावना हो । हर कोहीलाई आफ्नै गीत जस्तो लाग्छ र आफ्नी प्रेमिकालाई पहिलो पटक भेटेको क्षण आउँछ’ आफ्नो गीतको बारेमा रचनाकार उप्रेती यसो भन्छन् ।

संगीत सिकेर खारिएर आएका पुरुषोत्तम सुवेदीले आफ्नो स्वर र संगीतले यो गीतमा अत्यन्तै मिठास भरेको सुन्ने जो कोहीलाई पनि लाग्दछ । यो गीतको म्यूजिक भिडियो दिपेन्द्र केसीको निर्देशनमा तयार गरिएको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]