tata_tiago
century-bank

यस्तो छ कब्जियतको घरेलु उपचार , जानी राखे राम्रो

घरेलु उपचार

– इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

– राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

– एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

– अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ ।

– अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

– गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

– १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
– दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
– घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
– सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।
– सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।
– खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने ।

 

– तोरीको तेलले बिहान बेलुका मालिस गर्ने । – बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।
– सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]