century-bank

सेतो पाउरोटी, हुन सक्छ शरिरको लागि खतरा

एजेन्सी । केही समयअघि ‘सेन्टर फर साइन्स एन्ड एन्भ्यारोमेन्ट’(सिएसई)को एक अध्ययनले धेरै ब्रेड खानाले क्यान्सरको खतरा हुने पत्ता लगाएको थियो ।

हालै ‘हेल्थ एन्ड न्यूट्रिशन एग्जामिनेसन सर्भे’ले खासगरी सेतो ब्रेडले स्वास्थ्यलाई नराम्ररो असर गर्ने देखाएको छ ।
१. मुटुमा असर – सेतो ब्रेडमा प्रोटीन, भिटामिन र फाइबर हुँदैन । यसमा सोडियम बढी हुने भएकाले मुटुको समस्या बढेर जान्छ ।

२. तौलमा असर – ब्रेडमा चिनी बढी हुन्छ । जो व्यक्ति दैनिक ब्रेड खाने गर्छन्, उनीहरुमा मोटोपन तीव्रगतिले बढेर जान्छ ।

३. कलेजोमा असर – अधिकांश ब्रेड मैदाबाट बनेको हुन्छ । मैदा आन्द्रामा टाँसिने गर्छ । यसले पौष्टिक अल्सर वा कलेजो खराब हुने संभावना रहन्छ ।

४. आत्तिने वा डराउँने – सेतो ब्रेडलाई सेतो बनाउँन ब्लीचिङ एजेन्ट्स हालिन्छ, जसमा क्लोरिनको मात्रा बढी हुन्छ । यसले व्यक्तिको आत्तिने वा डराउँने स्वाभावमा असर पार्छ ।

५.दाँतलाई गर्छ असर – यसमा स्टर्चको मात्रा बढी हुन्छ, जसले दाँत खराब गर्न सक्छ ।

६. पेटलाई असर – ब्रेडमा ग्लूटेनको मात्रा बढी हुन्छ, यसले पेट दुखाई, पखालाजस्ता समस्या हुन सक्छ ।

७. शरीरमा चिनीको मात्रा बढाउँछ – यसमा कार्बोहाइड्रेट बढी हुन्छ । यसले शरीरमा चिनीको मात्रा बढाउँछ र मधुमेहको समस्या हुनसक्छ ।

८. छालामा असर – सेतो ब्रेडमा रहेको स्याचुरेटेड र टान्स फ्याट्सजस्ता तत्वले गर्दा शरीरमा उत्पान्न हुने ‘सीबम’ले छालालाई ड्यामेज गर्छ ।

९. पाचन प्रक्रियामा समस्या – यसमा पोटासियम आयोडेटको मात्रा बढी हुन्छ । धेरै ब्रेड खाएमा पेट दुखाई वा वान्ता हुन सक्छ ।

१०. शरीरका कोशिकामा असर – ब्रेडमा पोटासियम ब्रोमेटको मात्रा बढी हुन्छ । यसले शरीरको कोशिकाहरुमा नोक्सान पुर्याउँछ र क्यान्सर हुनसक्छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]