tata_tiago
century-bank

सास गन्हाउने समस्याबाट छुटकारा पाउने मुख्य पाँच उपायहरु

मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छे पनि चाहँदैनन् ।

प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्न सकिन्छ ।

सास गन्हाउने समस्याकाबाट मुक्ती पाउने केही सरल उपायः

१ तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ ।

२ धनियाको पात भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ

३ पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन नियमित सेवन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ ।

४ सौँफ यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ ।

५ अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]