tata_tiago

मिर्गौलापीडित सेनलाई आर्थिक सहयोग

रामपुर । दुवै मिर्गौला फेल भएका रामपुर नगरपालिका डाब्रा पाल्पाका रेमबहादुर सेनको उपचारमा आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

दक्षिण कोरियामा गठित नमस्ते दक्षिण कोरिया पाल्पा नामक समाजका सदस्यले सेनको उपचारमा रु एक लाख ९५ हजार रकम सहयोग गरेको छ ।

नमस्ते दक्षिण कोरिया पाल्पाका संस्थापक अध्यक्ष चेतन सारुले सेनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक रकम सहयोग गरेको बताए ।

स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा सेनको उपचारमा समस्या भन्ने समाचार प्रकाशन भएपछि सेनको उपचारमा सो संस्थाले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम सहयोग प्राप्त भएपछि पीडित सेनले खुसी व्यक्त गर्दै सो संस्थालाई धन्यवाद दिए ।

रासस

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]