century-bank

कुस्मा र बाग्लुङ्गको बलेवा जोड्ने केवलकार एक सातादेखि बन्द

पर्वत । निजी क्षेत्रद्धारा सञ्चालित पर्वतको कुस्मादेखि बाग्लुङ्ग जिल्लाको बलेवा जोड्ने केवलकार मोडलको यान्त्रिक पुलको भाडा बृद्धिको बिरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि ठप्प बनेको छ ।

कम्पनीले स्थानीयवासीहरुसँग समन्वय नै नगरी मनोमानी ढंगले भाडा बृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ ।
यान्त्रिक पुलको भाडादर अस्वभाविक र अबैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समुहका सदस्यहरुले तालाबन्दी गरेका हुन । विगत पाँच वर्षदेखि संचालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशत भन्दा बढि भाडा बढाएको थियो ।
स्थानीयवासीहरुका लागि साविकका ७५ रुपैया रहेको र अन्यत्रका लागि एक सय रुपैयाँ रहेकोमा १ सय २५ रुपैयाँ लिनेगरी भाडा बृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताउनुभयो । मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उहाँले जानकारी दिए ।
यसै गरि मासिक रुपमा आउने व्यक्तिहरुका लागि २ हजार रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर २ हजार ५ सय रुपैयाँ पु¥याईएको छ भने १ हजार ८ सय रुपैयाँ मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले २ हजार रुपैयाँ पु¥याईएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताए ।
पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यहरुले १० प्रतिशत भन्दा लाभांस माग गरेपछि भाडा बढाइएको हो । कर्मचारीको तलब बृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको जिकिर पनि श्रेष्ठको छ ।
यान्त्रिक पुल बन्द हुँदा दक्षिण पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् । पाँच मिनेटको दुरीमा पुगिने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो स्थानीयवासीको छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]