tata_tiago
century-bank

नलसिङ गाड जलविद्युत आयोजनाको संभाव्यता अध्ययनमा अनियमितता

काठमाडौँ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बहुचर्चित नलसिङ गाड जलविद्युत आयोजनाको संभाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ सर्वेक्षणमा अनियमितता भएको जनाएको छ । समितिले आयोजनाको डिजाईन तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन परामर्श दाता छनौटमा अनियमितता भएको भन्दै छानविन गर्न उपसमिति गठन गर्ने जनाएको हो ।


समितिको आईताबार बसेको बैठकले नलसिङ गाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ सर्वेक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको परामर्श दाता छनौटमा देखिएको अनियमितताका सम्बन्धमा छानविन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

निर्माणाधिन ४ सय १० मेघावाट आयोजनाको सम्भाव्यता अध्ययनका लागि परामर्श दाता छनौटमा देखिएको अनियमितता छानवीनका लागि उपसमिति गठन गर्ने निर्णय लिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिको अर्को बैठकले उपसमितिका सदस्यहरु चयन गर्नेछ भने उपसमितिलाई एक महिना भित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन तयार पार्ने कार्यादेश पनि दिइएको छ । छनौट प्रक्रियामा आशंका देखिएको भन्दै समाचार आउन थालेपछि आयोजनाको तर्फबाट उर्जा मन्त्रालय, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत स्पष्टिकरणसहितको पत्र दिइएको पनि स्मरण गराएका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]