tata_tiago
century-bank

जापानी प्रधानमन्त्री युरोपतर्फ

टोक्यो । जापानी प्रधान मन्त्री सिन्जो आबे चार दिने युरोप भ्रमणको लागि आइतबार त्यसतर्फ लाग्नु भएको छ । सो भ्रंमणको क्रममा सुरक्षाको मुद्दा सम्बन्धि छलफल हुने अनुमान गरिएको छ ।

उनले जर्मनी,फ्रान्स बेल्जियम र इटालीको भ्रमण गर्न त्यसतर्फ लागेका हुन् । उनको यो युरोप भ्रमण अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले जापानको भ्रमण गरेका केही दिन पछाडी भएको छ ।

टिलर्सनको जापान भ्रमणको क्रममा उत्तरी कोरियाले बारम्बार क्षेस्यास्त्र परिक्षण गरी दिएको चेतावनीको विषयमा छलफल भएको बताइएको छ । टिलर्सनले टोक्योको भ्रमणपछि सोल र बेइजिङको पनि भंमण गरेका थिए ।
आबेले युरोपियन आयोगका प्रमुख जिन क्लाउडे जुनकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रममा रहेको बताइएको छ ।

जापानी प्रधानमन्त्री आबे इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीसँग भेटवार्तापछि आगामी बुधबार जापान फर्किनु फर्कनेछन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]