century-bank

एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई आज पक्राउ गरेको छ ।

पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनीहरुबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

  • यौन क्रियाकलापमा संलग्न पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई आज पक्राउ गरेको छ ।

भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको तीनवटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन जोडी महिला पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]