century-bank

सि.डी.एम.एम मोवाईल सेवा अवरुद्ध भएको एकसाता बित्दा पनि सुचारु भएन

डोल्पा । डोल्पामा सि.डी.एम.एम मोवाईल सेवा अवरुद्ध भएको एकसाता वितिसक्दा समेत सुचारु हुन सकेको छैन् । गत फागुन २७ गते देखि उक्त सेवा बन्द भएको हो ।

त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने रसी लेकमा राखिएको रेडियो लिङ्कमा समस्या उत्पन्न भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम डोल्पा शाखाले जनाएको छ ।
मोवाईल सेवाको अवस्था अनुगमन गर्न डोल्पा आईपुगेका नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख ईन्दल यादबका अनुसार रेडियो लिङ्क टावरको ईवन कार्ड खराबी आएकाले सि.डी.एम.ए मोवाईल सेवा बन्द भएको हो ।
रेडियो लिङ्कको इर्वन कार्ड काठमाडौंबाट नेपालगञ्ज आइपुगेको र अवको चार पाँच दिन भित्रै सेवा सुचारु हुने क्षेत्रीय प्रमुख यादबले विश्वस्त पार्नुभयो । गत फागुन २६ गते देखि लगातार दुईदिनसम्म परेको भारी हिमपात कारण टावरसम्म पुग्नकोलागि बाटो अवरुद्ध भएकाले समेत सेवा सुचारु गर्न समस्या भएको हो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]