tata_tiago

अमेरिकाले दियो बले र कक्रोजलाई पाँच वर्षे भिषा

काठमाडौं । अब आउँदो हप्ता सागर लम्सल ‘बले’ र हरि निरौला ‘कक्रोज’ अमेरिका जाँदैछन् । हास्यटेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार ‘बले’ र ‘कक्रोज’ लाई अमेरिकाले पाँच वर्षे भिषा दिएको हो ।

आउँदो मार्च २७ अर्थात चैत १४ गते उनीहरु अमेरिका प्रस्थान गर्ने भएका छन् । उनीहरु सुरुमा अमेरिकामा १ महिना मात्र बस्ने अर्थात अप्रिल २७ मा नेपाल फर्कने सागरले बताए ।

अमेरिकामा एक महिना बस्दा उनीहरुले विभिन्न कार्यक्रमहरु गरेर फर्किने बताए पनि उनीहरु फर्किन्छन् फर्किँदैनन् त्यो हेर्न बाँकी छ ।  हाल उनीहरु भद्रगोलमा नै काम गरिरहेका छन् ।

उनीहरु सुरुदेखि नै हास्य सिरियल भद्रगोलमा काम गरेका चर्चित कलाकार हुन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]