tata_tiago
century-bank

त्यो साँझ ८ बजेको कल…

  • विनिता रेग्मी

टिंग … टिंग … मोबाइलमा घन्टी बज्यो करिब ८ बजे राति । Contact भन्दा बाहिरको थियो, एकछिन सोँचे उठाउ कि नाई घन्टी एकनास नै बजेकोले उठाउन बाध्य भए । हेल्लोको अपेक्षा थियो, तर कान नै झनन्न हुने गरि आवाज आयो ‘ओइ तलाई लाज कत्ति पनि छैन है’

हत्त न पत्त आफ्नो जिउ हेरें ऐनामा । अनि एक नजर झ्यालमा कतै म लुगा खोलेर त बसिन भनेर लुगा जिउ मै पाए मन केहि ढुक्क भयो ।

एकछिन सम्म पनि फोनमा स्वर उस्तै थियो त्यत्तिकै ‘लाज नभएको नकचरा! म अक्क न बक्क हुँदै मौन जवाफ दिए ‘हेल्लो, हजुर’ । (कसैले नसुन्ने आवाजमा आफ्नै मनले) फेरी उतैबाट आवाज आयो ‘ओइ चुप बस लाज छैन है तलाई, भागेर सुख पाउँछु भन्दै छस्, तँ जहाँ भएपनि समात्न सक्छु बुझिस तैले मलाई चिनेको रहेनछस्’ म अझै अक्क न बक्क नै थिए निशब्द भएर ।

बोल्न आँट नआएको होइन तर म सँग त्यस्तो पागल्नीसँग बोल्ने कुनै शब्द नै थिएन त्यसैले चुप बसे । एकछिन सायद चुप बस्नु मेरो कमजोरी पो सम्झ्यो क्यारे पागलनीले ।

अब बोल्न कर नै लगेपछि न बोलि म पनि कहाँ बसे र ? अनि भनि दिए ‘मेरी प्यारी कान्छीलार्इ म नचिनौं ला र ?

उताबाट रिसको फोहरा फुट्यो र अघिभन्दा अलि बढी बोलिमा वृद्वि भएछ, ‘ओइ साले के सोचिस हँ मलाई झन् राम्रो मुखले बोलेको त मत्तिन्छ्स ।’

म झन् तीन छक्क, उसको पहिलेको बोलि त राम्रो पो अरे । अब झन् खुल्दुली भयो मलाई त्यो पागलनी हेर्नलार्इ खुल्दुली हुँदाहुँदै पनि पागलनीसँग बोल्ने मेरो केहि शब्द नै थिएन अनि आफैँले फोन काटिदिए ।

काटेर पनि सुख कहाँ पाइयो र फेरी कान खाने गरि बज्न थाल्यो टिंग……………. एकोहोरो टिंग… टिंग…ले फोन उठाउन कर नै लाग्यो, मलाई पहिले कै आवाज आयो ‘फोन काट्छस् जत्ति चोटी काट्छस् त्यति नै गर्छु बुझिस् ।’

विस्तारै मैले भने ‘हस हजुर हस’

‘खुब चेपारो बन्दै गएको थिइस् नि चाँडै आएर तिर्छु भन्दै, आज ४ महिना बितिसक्यो तेरो चाँडै अझ आएन है’ म यसै त छक्क झन् छक्क परे । जीवनमा आफूले थाहा पाएसम्म कसैको सामान लिएको या कसैसँग पैसा सापट लिएको याद भएन् अब यो क तिर्नुपर्ने भन्दै छे यो पागल्नीले सोच्न थाले ।

‘भोलि खुरुक्क आइनस् भने जानेको छु’ उसले भनि ।

‘कहाँ आऊ त हजुर म ?’ आफूले पनि साहस जुटाएर बोले ।

‘अब कहाँ बसको त्यो कुरा पनि भुलिस् होला है’

‘हो त भुले अब क गर्नु त ?’ म पनि के कम थर्काउने स्वरमा भने

लाग्यो पक्कै पनि रिसले मुर्मुरी होलि । आँखा रातोरातो ठूलो पारि होलि । तृष्णा चाहिँ एकदम नै जाग्यो त्यो रूपमा त्यस पागल्नीलाइ हेर्ने ।

‘प्लिज सरी ल’ हात जोड्दै मधुर आवाजमा भनि मेरो हाँसो फुस्कियो । उसको त्यो निश्चल मनले मागेको माफीबाट मैले भने ‘इट्स ओके’ ‘तर मेरो कानको चाहिँ चेकअप गरिदिनु पर्छ है ।’

‘म त घर आउँदिन् अन्तै कतै भए चाहिँ आउँछु त्यहि पनि भोलि होइन पर्सि मात्र’

पागल्नीको अलि रिस मरेछ, क्यारे हल्का कट्किँदै’ हुन्छे । एक दिनलार्इ समय दिए ।

हाम्रो भेट्ने ठाउँ तय भयो तोकिएको दिन म भेट्न जानको लागि लुगा लगाएर तयार भए मनमा कौतुहलता उठिरहेको थियो । कस्ती होलि ति पागल्नी भन्ने म १५ मिनेट अगाडिीनै त्यस ठाउँमा पुगेर प्रतिक्षा गर्न लागे ।

परबाट एउटा निलो रंगको स्कूटरमा निलो हेल्मेट लगाएर आउँदै गरेको एउटा केटि देखे । म त्यो स्कूटर चलाउनेलार्इ नियाल्दै थिएँ साँच्ची नै कडा स्वर भएकी पागल्नीले मेरो मुटुको ढोका गर्दै थिई ढक.. ढक .. उसले खोजेकी मान्छेलार्इ यताउता नजर लगाउँदै खोज्दै थिएँ ।

म चाहिँ परबाट उसको सुन्दरता नियाल्दै थिए, ठिक्क कि अग्ली, पातली, गोरी, वर्णकी पागल्नी । उसले खोजेको मान्छे त्यहाँ नदेखेर उसको मुहारमा रिस देखिँदै थियो । फेरी लाग्यो पागल्नी यहि नै हो कि होइन भन्ने ।

पुरै पागल्नी यहि नै हो भन्ने यकिन गर्न मैले उसको मोबाइलमा फोन गरें, उसले हत्त न पत्त आफ्नो गोजी छामी मैले उत्तिनै खेर मोबाइल बन्द गरिहाँले, उसले आफ्नो मोबाइल हेर्न थाली सायद नचिनेको मोबाइल नम्बर देखेर चुप बसी, उसले भेट्न बोलाएको मान्छे नभएर होला सायद ।

तर, मोबाइल चाहिँ हातमै गिइराखी, मैले यसैगरी ३र४ चोटी कल गरे, चौथो पटक त्यही नम्बरबाट मलाई कल आयो ‘हेलो’ मात्र के भनेको थिए, ‘किन पटक–पटक कल’ को हो तपाई ?’

म त त्यहि बेहोस् होला झैँ भएँ, एकछिन त त्यो मधुर आवाजले अस्तिको त्यो मेघ गर्झेझैँ आवाज आज यो बोलि आकाश जमिनको फरक पाए अनि म पनि नम्र भाषामा जवाफ दिए, ‘मलाई तपाईले नै त हो नि बोलाउनुभएको भेट्नलार्इ’ भन्दै उसको अघि उभिए उ छक्क परेको मुहारले मलाई हेर्दै थिई, मलाई चाहिँ उसको मुहारले मोहनी लगाउँदै थियो उ पनि निन्द्रामा नै कसैलाई देखि झैँ लाग्यो मैले साहस बटुलेर बोलि फुटाए ‘नमस्कार’ !

आज उनी म सँगै मेरो बेडरुममा म सँगै छे । मेरो ३ बर्षको छोरा कि आमा बनेर म सधै टेलिकमको आभारी छु, मलाई पागल्नी प्रसादको रूपमा दिएकोमा ।

‘नमस्कार’ सानो स्वरले बोलि, आँखा चाहिँ म मा नै थियो, एकैछिनमा झसङ्ग हुँदै कराई ‘किन नमस्कार ? मैले तपार्इंलाई चिनेको छैन्, चिन्नु न जान्नु किन बोलाउनु तपाईलार्इं भेट्न ?’

म पनि मायालु परिधिबाट बाहिर निस्केर अलि कड़क हुँदै बोले ‘भेट्न आइनस् भने जानेको छु भन्ने पनि आफैँ अनि अहिले चिनेको छैन भन्ने पनि आफैँ के हो यो पारा ?’

दुवैतर्फ एकछिन वातावरण मौन भयो, मैले आफ्नो मोबाइलबाट अस्ति भएको कुराकानीको समय देखाए, त्यसपछि पागल्नी बल्ल लाजले रातो भइलाग्थ्यो । मुस्ताङ्गको स्याउझैँ क्वाप्प टोकी हालु । लाजले भुतुक्क हुँदै सानो स्वरले भनि ‘सरि’

‘मैले अलि बुझिन् है अस्ति रातिदेखि मेरो कानको जालीले अलि काम गरेको छैन् ।’

‘प्लिज सरी ल’ हात जोड्दै मधुर आवाजमा भनि मेरो हाँसो फुस्कियो । उसको त्यो निश्चल मनले मागेको माफीबाट मैले भने ‘इट्स ओके’ ‘तर मेरो कानको चाहिँ चेकअप गरिदिनु पर्छ है ।’

अलि जिस्कने भावमा भनि उनको त्यो जिस्कने भावको ‘खुब’ मलार्इ साँच्ची नै औधी मनपर्यो । ‘खुब न होला’ लौ खा म पनि जिस्कने मुडमा आइहाले एकछिन दुवै जना हाँस्यौ ।

दुवै जनामा परिचय आदानप्रदान भयो । खास कुरा के रहेछ भने त्यस रात उनले आफ्नो घरमा भाडामा बसेर जाने एक जनालार्इ कल गरेकी रहिछे ।

जसले उनको घरको भाडा पछि आएर तिर्ने शर्तमा हिँडेको रहेछ । त्यो केटा निकै समयसम्म भाडा तिर्न नआएकोले उसलाई कल गरेकी रहिछे ।

तर टेलिकमको आशिर्वादले त्यो कल भानु या मलाई प्रसादको रूपमा मेरोमा कल लागेको रहेछ र नै हाम्रो संवाद चल्यो ।

आज उनी म सँगै मेरो बेडरुममा म सँगै छे । मेरो ३ बर्षको छोरा कि आमा बनेर म सधै टेलिकमको आभारी छु, मलाई पागल्नी प्रसादको रूपमा दिएकोमा ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]