century-bank

चलचित्र मेरी कुसुमको मार्मिक गीत ‘तिमी बिना हाँस्न सकिन’ सार्वजनिक (भिडियो)

  • बिनोद श्रेष्ठ

युएर्इ । नवनायक मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठद्धारा अभिनित चलचित्र ‘मेरी कुसुम ‘को ‘तिमी बिना हाँस्न सकिन तिमी बिना बाँच्न सकिन’ भन्ने गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।
फरक कथावस्तु र फरक एक्सनले भरिएको नेपाली चलचित्र मेरी कुसुमको उक्त गीत शीर्ष गीत शुक्रबार सार्वजनिक भएको हो ।

टंक बुढाथोकीको शब्द संगीत र आवाजमा रहेको यो गीत ‘भुल्न तिमीलाई सकिन मैले माया गर्छु भनिन्, ‘तिमी बिना हाँस्न सकिन्,’ ‘तिमी बिना बाँच्न सकिन’मा नायक मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको अभिनय रहेको छ ।

नेपाल बाहिरबाट पहिलोपटक रिलिज गर्न लागिएको चलचित्र मेरी कुसुम मार्च ५ गतेदेखि नेपाल बाहिर विश्वका १५ वटा देशमा र युएईमा मात्र ९ ओटा हलहरुमा एकसाथ रिलिज गर्ने नवनायक मोहन बोगटीले बताए ।

नेपाल बाहिरबाट पहिलोपटक रिलिज गर्न लागिएको यो चलचित्रलाई नेपाली दर्शकहरुले भने जेठ १५ गतेबाट नेपालभरीका हलहरुमा एकसाथ हेर्न पाउने छन् ।

दर्शकले निकै प्रतिक्षा गरिरहेको चलचित्र मेरी कुसुममा नायक मोहन बोगटी बोल्ड भूमिकामा रहेका छन् पछिल्लो समयका उदयमान नायक बोगटीको एक्सन र प्रेमिल भूमिकाले चलचित्रलाई अहिले सम्मकै पृथक बनाउन सफल भएको निर्देशक एनआर घिमिरेले बताए ।

चलचित्रमा नायिका हर्षिका श्रेष्ठ र सुदिप्ता अधिकारीको भूमिका रहेको छ खलनायकको भूमिकामा भने राज कुमार थापा र प्रोडक्सन डिजाइनर दिलिप पन्त त्यस्तै नृत्य निर्देशन कबिराज गहतराज र बाबु थापाले गरेका छन् । क्यामरामा दिब्य सुबेदी छन् भने संगीत टंक बुढाथोकीले गरेका छन्
ि

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]