tata_tiago

वरिष्ठ कलाकार डङ्गोलको ७७ वर्षका उमेरमा निधन

काठमाडौं । नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोलको पेटसम्बन्धी रोगले आज ७७ वर्षका उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा आज अपराह्न निधन भएको छ ।

सुरुमा बयोधा अस्पताल काठमाडौँ र पछि गत शनिबारदेखि क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको थियो । उहाँले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहेका थिए ।
नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उहाँले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति९पहिलो पुस्तक०मा कैयौँ कला रचना गरेका कलाकार शान्तकुमार राईले जानकारी दिए ।
हालै उनी र उनका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी नेपाल कला परिषद्मा सफलतापूर्वक सम्पन्न भएको थियो । उनले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरेका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]