tata_tiago
century-bank

दया र केकीको अन्तरजातिय प्रेम ‘घामपानी’ को ट्रेलर सार्बजनिक

काठमाडौं । अन्तरजातिय प्रेमको विषयमा निर्माण गरिएको फिल्म ‘घामपानी’ ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनको बिचमा करिब ३ मिनेट लामो ‘घामपानी’को ट्रेलर निर्माण पक्षले सार्बजनिक गरेका हुन् ।

 फिल्मका मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारी भने आ आफ्नो ब्यस्तताको कारण कार्यक्रममा उपस्थित भएनन् ।
फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । तामाङ केटा र बाहुनी केटीबीचको प्रेमकथा र त्यसले निम्त्याउने पारिवारिक तथा सामाजिक द्धन्द्धमा ‘घामपानी’ निर्माण गरिएको निर्देशक लामा बताउँछन् । उनले भने ‘समय सापेक्ष विषय उठान गरेकाले यो फिल्म दर्शकलाई केही हदसम्म भए पनि नयाँ स्वाद सावित हुनेछ भन्ने विश्वास लिएको छु ।’
फिल्ममा दयाहाङ र केकीको अलवा अंकित खड्का, शिल्सा जिरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ लगायत मुख्य भुमिकामा छन् । फिल्म भने नयाँ वर्ष २०७४ साल बैशाख १ बाट दर्शकमाझ रिलीज गर्ने निर्माण पक्षको योजना रहेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]