tata_tiago

उपप्रधानमन्त्री निधिद्वारा कञ्चनपुर घटनाको विषयमा भारत सरकारको ध्यानाकर्षण

भारत । भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा निधिले केहि दिन अघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर मृत्यु भएको घटनाबारे भारतीय गृहमन्त्री सिंहलाई जानकारी गराएका थिए ।


प्रतिआतङ्कवाद सम्बन्धि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारत भ्रमणमा रहनु भएका गृहमन्त्री निधिले बिहीबार नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा कञ्चनपुरको घटनाको स्मरण गराएका थिए ।

जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । त्यस अवसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमास्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिक्रिया दिनुभएको थियो । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान आपसी सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]