tata_tiago

अनलाइन प्रक्रियाबाट सेयर खरिदविक्री गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरहरुलाई परिपत्र जारी गर्दै अनलाइन प्रक्रियाबाट सेयर खरिदविक्री गर्न निर्देशन दिएको छ । हाल प्रयोग भइरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा सुधार वा थप गरेर यस्तो सुविधा दिन बोर्डले निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान फारमको आधारमा ब्रोकर कम्पनीबाट युजरनेम र पासवर्ड दिएर लगानीकर्तालाई खरिदबिक्रीको आदेश दिन भनेको छ । इन्टरनेट मार्फत लगानीकर्ताले खरिद बिक्रीको आदेश दिएपछि समय प्राथमिकताको आधारमा खरिद र बिक्री प्रणालीलाई प्रविष्टको व्यवस्था मिलाउन सकिनेछ । यसमा सेयर कारोबारको सम्पूर्ण विवरण लगानीकर्ताले इन्टरनेट मार्फत पाउन सक्नेछन् ।

धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई ग्राहकको इन्टरनेट मार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बोर्डले यो व्यवस्थाबाट धितोपत्र खरिद बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्तः भई धितोपत्रको कारोवार प्रकृया थप सहज, सरल र छिटो छरितो बनाउन सहयोग पुग्ने जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]