tata_tiago

कोरियामा सन् २०१८ को लागि नेपालीको माग ह्वात्तै बढ्यो

काठमाडौं । कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कोरियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ ।

यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियाले कामदारको कोटा बढाएको हुनसक्ने इपिएस कोरिया शाखाले बताएको छ ।

यस वर्षका लागि भने अहिलेसम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ । यस्तै आउँदो वर्षका लागि भाषा परिक्षाको फारम आउँदो चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने भएको छ ।

फारम अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते गर्ने तयारी गरेको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]