tata_tiago
century-bank

विवादमा मुछिएका आशा र शर्मिलाको नाम राजदूतबाट फिर्ता लिने

काठमाडौं । सरकारले विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ । उक्त बैठकले राजदूतको सिफारिस फिर्ता लिएर नयाँ नाम सिफारिस गर्नेछ ।

सरकाले कांग्रेसको कोटाबाट यूएईका लागि नेपाली राजदूतमा आशाकुमार लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि राजदूतमा शर्मिला पराजुली ढकाललाई सिफारिस गरेको थियो ।

तर, दुबै राजदूत म्यानपावर व्यवसायमा संलग्न भएको लगायतका विवादमा मुछिएपछि सरकारले उनीहरुको नाम फिर्ता लिने भएको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]