tata_tiago
century-bank

नेपाल र भारतका केही नदीमा सीमित घडियाल गोहीको संरक्षणमा चुनौती

काठमाडौं । घडियाल गोेही संकटउन्मुख सूचीमा छ । नेपाल र भारतको केही नदीमा मात्र पाइने यो प्रजातिको अस्तित्व दिनप्रतिदिन खतरामा पर्दै गइरहेको छ । तर यो दुरावस्थालाई चिर्दै नेपालमा भने केही उदाहरणीय कार्य भएको देखिन्छ । विश्व सम्पदा सूचीमा सुचिकृत चितवन राष्टिृय निकुञ्जमा भने यस्को प्रजनन् केन्द्र नै स्थापना गरी यसको संरक्षण र विस्तारको काम भइहेको छ ।

नेपाल र भारतका केही नदीमा सीमित घडियाल गोहीको संरक्षणमा सर्वत्र चुनौती, नदीमा बढेको अतिक्रमणले नेपालका घडियालहरु लोप हुने अवस्थामा

प्रजनन केन्द्रमा अहिले २०३५ साल देखि भर्खर जन्म लिएका घडियाल गोहीका बच्चा छन् । चितवन राष्ट्रिय निकुञ्जमा रहेको प्रजनन केन्द्र प्रजननका लागि मात्र प्रख्यात छैन यसले संरक्षणमा समेत महत्वपूर्ण योगदान दिएको छ । जसलाई विश्वकै एक नमुना प्रजनन केन्द्र मानिएको छ ।
एक समय भारतीय उपमहाद्धिपका मुख्य नदीहरु जस्तै पाकिस्तानको सिन्धु नदीदेखि भारतको गंगा र यसका शाखा नदीहरु भारत र नेपाल हुँदै बर्माको इरवादी नदीमा घडियाल गोही प्रशस्त पाइन्थे । हाल भने सिन्धु,इरवादी र ब्रम्हपुत्र नदी भूटान र बङ्गलादेशका नदीबाट भने लोप भैसकेको छ ।
तथ्याङक अनुसार घडियाल गोहीको संख्या विगतका तुलनामा जम्मा २ प्रतिशतमा मात्र छ जुन नेपाल र भारतको नदीमा पाइन्छन् ।
यो गोही नेपालको कर्णाली ,बबई ,राप्ती र नारायणीमा मात्र पाइन्छ । महाकाली ,कालीगण्डकी र सप्तकोशी नदीबाट भने यो गोही लोप भइसकेको छ । अहिले प्रजनन केन्द्रबाट ११ सय घडियाल गोही नदीमा छोडिसकिएको छ भने २ सय २० गोही नदीमा छोडन तयार पारिएको छ ।
चितवनको प्रजनन केन्द्रलाई विश्वकै नम्बर एक प्रजनन केन्द्रको रुपमा पनि लिइन्छ । एक दिनमा प्रजनन केन्द्रका सबै गोहीलाई आहारामात्र २ क्वीन्टल माछा आवश्यक पर्दछ । यसको हेरचाह गर्नु र जोगाउनु नै मुख्य समस्या भएको प्रजनन् केन्द्रमा खटिएका कर्मचारी बताउँछन् ।
पछिल्लो अध्ययनले राप्ती र नारायणी नदीमा केवल एक मात्र भाले घडियाल रहेको तथ्य भेटिएको छ । कलकारखानाबाट निस्कने दुषित पानी ,नदीमा आश्रित समुदायले जथाभावी माछा मार्दा र जालको प्रयोग गर्दा आहारामा कमी आई संख्या घट्दै गएको छ । नदीजन्य पर्दाथको उत्खनन् घडियालको वासस्थानमा समेत प्रत्क्षय असर पारेको छ । घाम ताप्न र अण्डा पार्नकालागि बालुका ढिस्का अतिक्रमणमा परेपछि घडियाल थप मारमा छन् । नदीमा बाँध निर्माण हुँदा स्वतन्त्र आवागनमनमा समेत समस्या भएकोले यी सबैमा ध्यान दिन सके नेपालले संरक्षणमा पाएको उपलब्धिमा थप बढोत्तरी हुने देखिन्छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]