tata_tiago

हेल्प नेपालद्वारा भूकम्पबाट क्षतिग्रस्त गोरखा र धादिङका विद्यालयलाई ८० लाख सहयोग

काठमाडौं । हेल्प नेपाल नेटवर्कले भूकम्पबाट क्षति भएको गोरखा र धादिङका दुई विद्यालयलाई ८० लाख आर्थिक सहयोग गरेको छ । भूकम्पपछिको पुनर्निर्माण गर्न र विद्यार्थीहरुलाई विद्यालयको कोठामा पठनपाठन गर्नको लागि उक्त रकम सहयोग गरिएको हो ।

यो देशमा सरकार खोज्ने अवस्था आइपरेको कलाकार हरिवंश आचार्यको कथन,सीओ नभई धागोहरुलाई पनि कारवाही गर्न सुझाव

सहयोग रकम हस्तान्तरण गर्दै कलाकार हरिवंश आचार्यले पुनर्निर्माणको गति सुस्त भएकोमा असन्तुष्टि जनाए । उनले भूकम्प गएको दुई वर्ष भइसक्दा पनि पीडितहरु त्रिपालमुनी र टिनको सुरुङभित्र बसिरहेको उल्लेख गर्दै सरकारलाई खोज्ने बेला आएको बताए ।
कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले भूकम्पले राजनीतिकर्मीहरुलाई जनताको विश्वास दिने अवसर दिएपनि सरकारले यसको फाइदा उठाउन नसकेकोबताए । उनले सरकारले पुनर्निर्माण गरेर भोट बढाउने मौकालाई चुकाएको भन्दै सरकारलाई व्यङ्गय गरे ।
कार्यक्रममा महजोडीले सरकारले पुनर्निर्माणमा अझै ढिला गर्नु गलत हुने धारणा समेत व्यक्त गरे ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]