tata_tiago

इतिहास होइन देश मेटन तयार छन नेपाल आमाका कपुतहरु

काठमाडौं । कहिले घाम नअस्ताने देशको रुपमा परिचय बनाउदै अघि बढेको अंग्रेजलाई मात्र रोकेनन उनले । नेपाल र नेपालीको अस्तित्व स्थापना गरी विश्वमा गोर्खालीको साहसलाई पनि चिनाए । हो उनै पृथ्बीनारायण शाह । जस्लाई नेपालीले मात्र नभई विश्व इतिहासकारहरुले पनि सम्मानका अक्षरहरुले सम्मान गरेका छन ।

उनै पृथ्वी नारायण शाहको २९५ औँ जन्म जयन्ती मनाइरहँदा श्रद्धाभक्तिपूर्वक उनलाई सम्झिरहेका छन् । तर ईतिहासको कालखण्डमा पृथ्वीनारायणले गरेको पौरख र राष्ट्र एकीकरणमा पु¥याएको योगदानलाई मेटाउन चाहनेहरु पनि सक्रिय भइरहेका छन् ।
अबको पुस्तालाई जानकारी नै दिनुपर्ने गरी उनको योगदान नामेट पार्ने प्रयासहरु भइरहेका छन् । उनको दिव्योपदेश, जो अझै पनि यो मुलुकका लागि अकाटय सत्य बनेर उभिएको छ त्यस्लाई पनि विर्सने अभिष्टहरु भइरहेका छन् । दुभाग्र्य पृथ्वीनारायण शाहलाई उनको पछिल्लो पुस्ताहरुको साँधमा राखेर अवमूल्यन गर्ने काम भएको छ । पृथ्वीको बखान गर्न कुनै कसर बाँकी नराख्ने नेताहरु एकता दिवस घोषणा गर्न भने कन्जुस्याईँ गरिरहेका छन् ।
नागरिक स्तरबाट यो दिनलाई सम्झने सत्कार्य दिनानुदिन बढ्दो छ , चुलिदो छ । एकता दिवसको सन्दर्भमा राजधानीमा गैर सरकारी क्षेत्रबाट भने विभिन्न कार्यक्रमहरुको आयोजना हुने गरेका छन् । ती कार्यक्रमहरुमा सरकार र दलका नेताहरु नै सहभागी हुने गर्दछन् तर एकता दिवस घोषणा गर्ने सोच भने कसैको अहिलेसम्म बनेको छैन । २० वर्षको उमेरमा राज्यको वागडोर सम्हालेका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल विभिन्न साना राज्यमा वाँडिएर आफैमा कमजोर भएको वेला साम्राज्यवादी अंग्रेजको आक्रमणबाट मुलुक जोगाउन गरेको अथक प्रयासलाई उनको साना दुःखले अज्र्याको मुलुक होइन भन्ने वाक्यले प्रष्ट संकेत गर्छ ।
उनै युगपुरुष,नेपाल आमाको उनै सतपुरुषको जन्मदिनको अवसर पारेर पुष २७ लाई नेपालीले एकता दिवसकोरुपमा राज्यस्तरबाट नै मनाउदै आएका थिए । तर २०६२–६३ साल पछि पुष २७ को बिदा कटौती गर्दै ईतिहासमाथि आक्रमणको क्रुरता प्रदर्शन भयो । सबै दल सहमत हुँदा पनि पृथ्बी जयन्ती मनाउन कस्ले रोकेको हो ? यो प्रश्न उठिरहेको छ , जनताको उत्साह हेर्दा यो प्रश्न अझ पेचिलो बन्ने पक्का छ ।
सत्ता स्वार्थको वसमा परेर पृथ्बीनारायण शाह र उनको योगदानलाई विर्सने दुष्प्रयास भए जनताले जवाफ दिने पनि अब भने पक्का भएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]