century-bank

माघी पर्व शुरु हुनुभन्दा एक साता अघि नै थारु सुमदायबाट पर्व मनाउन सुरु

दाङ । नेपालका थारु समुदायले माघ १ गतेलाई नयाँ बर्ष शुभारम्भको रुपमा माघी पर्वका रुपमा मनाउँदछन् । माघी पर्व शुरु हुनुभन्दा एक साता अघिदेखि नै थारु सुमदायले खुसीयालीका साथ यो पर्व मनाउन सुरु गरेका छन् ।

थारु जातिको सांस्कृतिक पर्व माघीमा सखिया नाच नाच्ने गर्दछन् । सखिया नाच दाङ लगायत मध्यपश्चिमका बाँके बर्दिया र सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा नाच्ने गरिन्छ । सखिया नाच्ने क्रममा युवतीहरुले सेतो गुनिया र मादल बजाउने युवाले भोटो र चाँदीका गहना पहिरिने गर्दछन् ।
थारुहरुले नयाँबर्षको अवसरमा आगामी दिनका लागि योजना बनाउने र बिगतको बर्षको समीक्षा पनि गर्ने गर्दछन् । योजनालाई सही ढंगले कार्यान्वयन गराउन,निर्देशन दिन र अनुगमनका लागि गाँउको एक जनालाई महतवा,बडघर र भलमन्सा चयन गर्ने गर्दछन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]