tata_tiago
century-bank

अन्यायमा परेको भन्दै वर्खास्त गरिएका सुशील ज्ञवाली अदालत जाने

काठमाडौं । सरकारले बर्खास्त गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्यायपूर्ण तरिकाले आफूलाई हटाइएको भन्दै कानुनी सहारा लिने बताएका छन् । उनले अहोरात्र खटेर निजी आवास, शैक्षिक संस्था, पुरातात्विक सम्पदाहरु, स्वास्थ्य संस्था, सार्वजनिक संरचना, एवं जीविकोपार्जन लगायतका पुनर्निर्माणले गति लिइरहेको बेलामा आफूलाई अन्ययापूर्ण तरिकाले पदबाट हटाउने सरकारी निर्णयविरुद्ध अदालतमा जाने बताए ।

सरकारद्धारा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डाक्टर गोविन्द पोखरेलको नियुक्ति,अन्यायमा परेको भन्दै वर्खास्त गरिएका सुशील ज्ञवाली अदालत जाने

बुधबार साँझ विज्ञप्ती जारी गर्दै ज्ञवालीले सरकारले सोधेका दुबै स्पष्टिकरणमा आफूले सत्यतथ्य जानकारी गराएको उल्लेख गर्दै ती विषयमा गम्भीर छलफल गरी पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरुलाई अघि बढाउनुपर्नेमा प्रमुख कार्यकारी पदबाट हटाउने गरी अन्ययायपूर्ण निर्णय भएको उल्लेख गरेका छन् । उनले सरकारको निर्णयले समग्र पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरुलाई प्रभावित गर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको उल्लेख गरेका छन् ।

ज्ञवालीले भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको उल्लेख गर्दै आफूलाई २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त ऐनको दफा ११ बमोजिम पाँच वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति गरेको जिकिर गरे । पुनर्निर्माण र पुनस्र्थापनाका कार्यलाई दु्रत गतिमा अघि बढाई भूकम्प पीडित जनतालाई न्याय गर्नका लागि समेत मन्त्रिपरिषद्बाट बुधवार गरेको अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]