tata_tiago

सुरक्षा संयन्त्रणको अभावमा मुगु विमानस्थलमा दुर्घट्नाको जोखिम बढ्दो

मुगु । नेपालमा पटक पटक विमान दुर्घट्ना हुनु र त्यसबाट धनजनको ठूलो क्षति हुने घट्ना नियमित जस्तै बनिसकेको छ । हरेक पटक हुने दुर्घट्नालाई प्राविधिक वा प्राकृतिक,भौगोलिक कारण मान्दै आएको छ । तर मुलुकको विकट जिल्ला मुगु विमानस्थलमा भने सुरक्षा संयन्त्रण फितलो हुँदा दुर्घट्नाको जोखिम रहेको खुलासा भएको छ ।

नेपालगञ्जदेखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र ठूलो दुर्घटना टरेको विमास्थलले जनाएको छ ।
नेपालगञ्जबाट बुधवार विहान सवा दश बजे पन्ध्र जना यात्रु बोकेकोे नाईन एन ए के जेट कल साईन ट्वीनेटर जहाँज रारा विमान स्थलमा विहान ११ बजे अवतरण गर्नेक्रममा दुर्घट्ना भएको हो । जहाजको पछाडिको टायर पञ्चड भएपछि दुर्घटना भएको रारा ताल्चा विमानस्थलले जनाएको छ ।
सामान्य दुर्घटना भएको जहाजलाई नेपालगञ्जबाट प्राविधिक र आबश्यक उपकरण ल्याइपु¥याएपछि मात्र विमानको मर्मत गरिने विमानस्थलले जनाएको छ । विमानस्थलमा सुरक्षा संबेदनशीलताको कमजोरीले दुर्घट्ना भएको खुलेको छ ।
जहाँज आउदा र जाँदा विमान स्थलमा सुरक्षा चुनौति, समन्वयको अभाव र लापर्वाही देखिएको बताइएको छ ।
गएको मंसिर ३० गते नेपालगञ्ज देखि १६ जना यात्रु बोकेर मुगु तर्फ उडेको तारा एयरको ट्वीनेटर विमान ताल्च विमान स्थलमा अवतरण गर्न पाँच मिनेट बाँकि रहँदा सम्म पनि ताल्च स्थित नागरिक उड्ययन कार्यालयलाई कुनै जानकारी नभएको खुलेको छ । त्यखिेर विमान स्थल धावन मार्ग छेउछाउमा सुरक्षाकर्मि समेत नखटिएको पाईएको थियो ।
जहाँज आउने कुनै जानकारी नभएको र सुरक्षाकर्मि समेत नखटिएको अवस्थामा जहाज अवतरण गर्ने अवस्था आईसकेपछि कार्यालयले जहाजसंग सम्पर्क गरि दश मिनेट आकाशमा होल्ड गर्न निर्देशन दिएको थियो ।
त्यस्तै पौष १४ गते नेपालगञ्जदेखि मुगुका लागि यात्रु बोकेर आएको नेपाल एयरलाईन्सको ट्वीनेटर विमान ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमा नै कुकुर दौडिएको थियो । विमानको ठक्करबाट उक्त कुकुर धावन मार्गमा नै मरेको थियो ।
पाँच सय पचहत्तर मिटर लम्बाई रहेको विमान स्थलमा सुरक्षाकर्मि थोरै बस्ने र विमानस्थल वरिपरि लगाएको काँडेतारको जाली भत्किएर जनावरहरु धावनमार्गमा छिर्दा समेत विमानस्थल मौन बस्दा सुरक्षा चुनौति बढेको बताइएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]