tata_tiago
century-bank

सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्नु पर्दछः मन्त्री कार्की

बनेपा । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्न नसकेको बताएका छन् ।

प्रविधि पत्रकार मञ्चले आज धुलिखेलमा आयोजना गरेको क्षमता अभिविृद्धसम्वन्धी कार्याशालामा उनले सूचना प्रविधि विज्ञान भएकाले त्यसलाई सनसनिपूर्ण समाचारका रुपमाभन्दा पनि ज्ञानवद्र्धक समाचारका रुपमा अभिव्यक्त गर्न पत्रकारलाई आग्रह गरे ।

मन्त्री कार्कीले मुलुकको ग्राहस्थ उत्पादन बढाउने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको उल्लेखगर्दै नेपाल दूरसञ्चार प्राधिकरण पैसा कमाउने काममा मात्रै लागेको गुणासो गरे ।

कृषि, पशुपालनलगायतका क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन, उनले भने –देशको विकास र समृद्धिका लागि सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय काम गर्न सक्नुपर्दछ ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आन्नदराज खनालले प्रविधिको विषयमा समाचारको खोजी बढेको उल्लेख गर्दै प्राधिकरणले पत्रकारसँगको सहकार्य जारी राख्ने विश्वास व्यक्त गरे।

कार्याशालामा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध २० पत्रकार सहभागी छन् । कार्यशाला दुई दिनसम्म चल्नेछ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]