century-bank

पार्टी निर्देशन विपरित एमाले मोरङमा गुटगत राजनीति हाबी

मोरङ । नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनमा पार्टीभित्रको गुटबन्दी सतहमा आएको छ । पार्टी नीति विपरित प्यानलगत चुनावी प्रतिस्पर्धा गरेर नेता तथा कार्यकर्ताहरुबाटै केन्द्रिय कमिटीको निर्देशन उल्लंघन भएको हो ।

एमाले केन्द्रिय कमिटीले पार्टी भित्र रहेको गुट उपगुट अन्त्य गर्न भन्दै कुनै पनि निर्वाचनमा प्यानल बनाएर लड्न नपाइने निर्देशन गरेको थियो । तर राजधानी काठमाण्डौ पछिको सबैभन्दा बढी पार्टी सदस्य रहेको मोरङ जिल्लामा केपी ओली र माधव नेपालका नाममा गुट बनाएरै निर्वाचन भएको छ ।
ओली नजिक मानिएका विनोद ढकाल समूह र माधव नेपाल निकट महेश रेग्मी समूहले प्यानल बनाएरै निर्वाचनमा प्रतिस्पर्धा गरेर केन्द्रिय कमिटीको निर्णयलाई चुनौती दिएका हुन् ।
अध्यक्ष केपी ओलीले नै मोरङ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सकेसम्म सहमतिको प्रयास गर्न र नभए व्यक्तिगत प्रतिस्पर्धाबाट अघि बढ्न निर्देशन दिएका थिए । एमाले मोरङको निर्वाचनमा करिब ९ सय प्रतिनिधिहरुले भोट दिदैछन् । यसरी खुलेआम निर्देशन उल्लंघन हुँदा समेत जिल्ला निर्वाचन संयोजक सोमनाथ अधिकारी प्यासीले भने यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताए । उने प्यानल बनाएर कसैले भोट मागेको भए पार्टी निर्देशन बमोजिम हुने जानकारी दिए ।
एमालेभित्र केही समयदेखि देखिएको शीर्षस्थ नेताहरुबीचको एकताले पार्टीलाई मजबुत बनाइरहेको बेला पुःन गुट उपगुट बनाइएकोप्रति स्वयं कार्यकर्ताहरु समेत असन्तुष्ट देखिएका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]