century-bank

कलाकारलाई रोयल्टी बितरण,अन्जु र प्रमोदले रहे अग्र स्थानमा

 
कलाकारहरुलाई रोयल्टी बितरण गरीएको छ ।प्रस्तोता समाज नेपालले कलाकारलाई रोयल्टी बितरण गरेको हो ।१०अग्रज स्रष्टालाई रोयल्टी बितरण गर्दै नयाँ सम्मानको परम्पराको आरम्भ प्रस्तोता समाजले गरेको हो ।। बितरण गरिएको रोयल्टीमा गायिका अन्जु पन्त र गायक प्रमोद खरेल अगाडि देखिएका छन् । एनसेलले तिरेको चार महिनाको रोयल्टीबाट गायिका अन्जुले १ लाख ४४ हजार २ सय ९९ प्राप्त गरिन् भने प्रमोद खरेलले ८५ हजार १ सय ४५ रुपैयाँ रोयल्टी बुझ्न सफल भए ।

उनीहरुको गीत गएको चार महिनाको अवधिमा सबैभन्दा धेरै डाउनलोड हुन सफल भएको कारण रोयल्टी पनि उनीहरुले नै धेरै प्राप्त गरेका हुन् । गत जुलाईदेखि अक्टोबरसम्मको अवधिको प्रस्तोताको रोयल्टी एनसेलले दिएपछि अन्जु र प्रमोद लगायत २७ जनाले रोयल्टी बुझ्न सफल भएका छन् । प्रस्तोता समाज नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रस्तोताहरुलाई रोयल्टी बितरण गर्दै अग्रज कलाकारहरुलाई जनही १०,००५ राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

जसमा अग्रज स्रष्टा गायक प्रेमध्वज प्रधान, भजन शिरोमणि भक्तराज आचार्य, गायक दीप श्रेष्ठ, ठाडो भाखाका गायक भेडीखर्के साइँला, सितारबादक सुशीला अमात्य, गायिका तीर्थ कुमारी थापा, गायक नन्दकृष्ण जोशी, गायक पूर्ण नेपाली, गायक रामा मण्डल र विद्या मुकारुङलाई १०,००५ नगद राशिसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा रोयल्टीका समाचार सम्प्रेषण गरेर सहयोग पु¥याउँदै आएकी पत्रकार राधिका अधिकारीलाई पनि सम्मान गरिएको थियो भने एनसेल र रेडियो अडियोलाई पनि रोयल्टी संकलनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो । आफ्नो सिर्जनाबाट रोयल्टी बुझ्ने गायक गायिकाहरुमा भद्र वली, विन्दु परियार, विष्णु माझी, दिपक लिम्बू, देवी घर्ती, हेमन्त राना, हेमन्त शिशिर, जुना श्रीष, कालिका रोका, खुमन अधिकारी, कृष्ण अखेली, कृष्णा परियार, मेक्सम खाती, मोहन खड्का, मुना थापा, प्रविन थापा, पूर्णकला विसी, रजिना रिमाल, रामजी खाँड, ऋषि खड्का, ऋतु रानाभाट, सब्बुश्री तिवारी, सन्तोष केसी, स्वरुपराज आचार्य, टिका पुन रहेका छन् ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]