tata_tiago
century-bank

सबैलाई लोभ्याउने र मन्त्रमुग्ध पार्ने राराताल घुम्ने पर्यटकहरुको संख्या बढ्दो

मुगु । धेरैले गीत गाए , धेरैले कविता लेखे , तस्वीर कति खिचियो कति , घुम्न जानेहरुको लर्को बढ्दो छ । तस्बीरमा देख्नेहरु चुकचुकाउछन , कहिले पुगिने होला र ? भन्दै । सबैलाई लोभ्याउने , सबैलाई मन्त्रमुग्ध बनाउने र घुम्नै एवं पुग्नै पर्ने गन्तव्य अर्थात उही रारा । दुरदराजमा भएर पनि पर्यटकहरु पुग्न छोडेका छैनन तर हुनु पर्ने र पाउनु पर्ने सुविधाको व्यवस्था नहुँदा भने चन्द्रमाको सुन्दरतामा देखिने दाग झै बनेको छ रारा ताल पनि ।

 

 

५.१ किमी लामो २.७ किमि चौडाई र १६७ मिटरमा गहिरो रारासंगै पूरै रारा रामसार क्षेत्रको पूर्ण सौन्दर्य नियाल्न मुर्माटप सम्म पुग्नै पर्ने हुन्छ । समुन्द्र सतह देखि ३ हजार ६ सय ३० मिटरको उचाईमा रहेको मुर्माटपबाट २ हजार नौ सय ७२ मिटरमा फैलिएको राराताल पूर्णरुपमा चुम्न पाइन्छ ।
मुर्माटापबाट नियाल्दा थप आनन्द आउने मात्र नभई राराको रस्वादान पनि मजाले गर्न पाइने जुम्लाका लोकबहादुर भण्डारीको अनुभव छ ।
कालपत्रे भई रारा विमान स्थल नियमित संचालन र २०६९ पुष महिनाबाट सदरमुकाम गमगढीसम्म राष्टिय सडक संजाल जोडिएसंगै रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या हवात्तै बढेपनि पर्यटकहरुलाई आवास लगायतका पुर्वाधार रारामा उपलब्ध नहँुदा भने रारा बसाई असहज हुने गरेको छ ।
आव ०७३।०७४ को नौ महिनामा ४० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको रारा घुम्न आएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । राराको प्रवद्र्धन र प्रचारप्रसार गर्न सके मुगु जिल्लाको मात्र नभई समग्र देश कै अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने रारा राष्ट्रिय मध्यवर्ति क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष बिर्खबहादुर रोकायाको विश्वास छ ।
बिगत बर्ष भन्दा यो बर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या उल्लेखनीय रहेको आएको रारा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत मोहनचन्द्र विश्वकर्माको भनाई छ ।
रारामा सबै प्राकृतिक सौन्दर्यहरु छन । हालसम्म मानव अतिक्रमणमा रारा तथा आसपासका क्षेत्र परेका छैनन पनि । त्यसैले पनि रारामा पूर्वाधार विकास गरिदा यहाँको प्राकृतिक संरचना नविग्रिने गरि गरिनु पर्नेमा भने ध्यान जान आवश्यक छ ।

Advertisements
संबन्धित
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]