tata_tiago

शोभराजसँग गोलघरमा चार महिनाःशोभराज शौचालय जाँदैन थियो

हामी डिल्लीबजार कारागारमा थुनिएका थियौं। ०६२ देखि राजनीतिक आस्थाको बन्दी थियौं। हामीमाथि ०६६ मा जेलकै गुन्डा लगाएर आक्रमण गरियो। हामी नराम्ररी घाइते भयौं। मेरो हात भाँचियो। वीर अस्पताल लगेर प्लास्टर गरिदिएर घाइते अवस्थामा नै हतकडी लगाएर हामी तीनजना आस्थाका बन्दीलाई सेन्ट्रल जेल लगे। रातको १० बजेको थियो। मलाई सीधै गोलघरमा हाले।गोलघर जेलभित्रको जेल हो। गोलघरमा सातवटा कोठा छन्। एउटा कोठामा एकजना मात्र केदी राखिन्छ। एउटा कोठामा राखेर मलाई बाहिरबाट ताला लगाइदिए। रातभर भोकै भएँ। ओढ्ने–ओछ्याउने थिएन। चिसो छिँडिमा बस्नुपर्यो।

भोली पल्ट बिहान ९ बजे मात्र ढोका खोलिदिए। बाहिर निस्किएँ। साँघुरो ठाउँ। त्यहीँ बसेर दुईजना चेस खेलिरहेका। एउटाले रुखो स्वरमा सोध्यो, ‘कहाँबाट आइस् तँ? यसो हेरेँ। लामो कलाप पालेको। हेर्दै डरलाग्दो। उसले मलाई थर्काउने गरी सोधेको थियो। ‘डिल्लीबजार काराकारबाट, आस्थाको बन्दी हुँ,’मैले भने।

मुक्तान थेबा

‘माओवादी होस् ?’ उसले सोध्यो। ‘हो’ भने। ‘देव गुरुङ’ चिन्छन्? फेरि सोध्यो। चिन्छु भने। भित्र गएर एउटा डायरी ल्यायो। ‘यहाँ देव गुरुङलाई कुटेर थिलो थिलो बनाउँदा तातोपानीले सेक्ने मै हुँ, जेल सार्दा छुटेको उसको डायरी अझै मसँग छ, पछि लगेर दिनू,’ उसले डायरी देखायो। पछि थाहा पाएँ, उ पञ्चायतदेखिकै गुन्डा विकास गुरुङ रहेछन्।कवि मुक्तान थेबाको संस्मरण आजको गज्जब साप्ताहिकमा प्रकाशित छ।

डिल्लीबजारको घटनाबारे मेरो बयान लिन कारागार व्यवस्थापन विभागका महानिर्देशकसहितको टोली आयो। उनीहरु गएपछि गोलघरभित्रको कुवाछेउ घाम तापेर विकास गुरुङसँगै बसेको थिएँ। एउटा ‘स्मार्ट गेटअप’ को मान्छे बाहिर निस्कियो। ‘उ शोभराज आयो’ विकास गुरुङले भन्यो। शोभराज सरासर हामीतिरै आयो।‘हलो माई न्यु फ्रेन्ड हाऊ आर यु?’ उसैले बोलायो। मैले परिचय दिएँ। ‘आई एम शोभराज’ उनले पनि निकै गर्वका साथ आफ्नो नाम लियो। अंग्रेजी निकै राम्रो रहेछ। निकैबेर कुरा भयो। म माओवादी भन्ने थाहा पाएपछि निकै खुसी भयो।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]