tata_tiago

रक्षा थापा भईन् ‘प्रिन्सेस अफ द युनिभर्स २०१७’

  • राजिब / सरद

काठमाडौं । सेन्ट मेरिज स्कुलकी रक्षा थापाले ‘योङग प्रिन्सेस अफ द युनिभर्स २०१७’ को उपाधि जित्न सफल भएकी छन् ।

 ‘प्रिन्सेस अफ द युनिभर्स २०१७’प्रतियोगिताको फाइनल जनवरी ९ तारिखमा मस्कोको कोष्टोन होटेलमा आयोजना गरिएको थियो । जस्मा ३१ देशका बालिकाहरुले सहभागीता जनाएका थिए । रक्षा थापाले नेपाली लोक गितमा आफनो नृत्य प्रस्तुत गर्दै सबैको मन जित्न सफल भएकी थिईन् ।
नेपाल लगाएत काजकिस्तान,रसिया, बुलगेडिया,कम्बोडिया लगाएतका देशहहरुका बालिकाहरुले सो प्रतियोगितामा सहभागीता जनाएका थिए । ‘हाउस अफ ईभेन्ट्स नेपाल’की ईन्दिरा डंगोलका अनुसार नेपाली बालिकाहरु पनि बिदेशी बालिकाहरु भन्दा कम नभएको साबित भएको कुरा बताएकी छन् ।

‘हाउस अफ ईभेनट्स’द्वारा आयोजित लिटील मिस वल्र्ड नेपालकी रक्षा थापा फाइनलिष्ट पनि हुन । गत मङ्गलबार उनी स्वदेश फर्कीईन् । उनि नेपाल फर्के लगत्यै आयोजक ‘हाउस अफ इभेन्टस् नेपाल’, अभिभावक र इष्टमित्रले उनलाई भव्य स्वागत गरेका थिए । सबैको सहयोगले गर्दा नै आफुले ‘योङग प्रिन्सेस अफ द युनिभर्स २०१७’ उपाधि जित्न सफल भएकी बताउँछिन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv