tata_tiago

मुलुकको जेठो अस्पताल वीर अस्पतालको काँचुली फेरियो

काठमाडौं । नाम अनुसारको काम गर्न र आफ््नो पहिचान पनि जोगाउन नसकेको मुलुकको जेठो अस्पताल वीर अस्पतालले अब भने काँचुली फेर्न थालेलको महसुस गरिएको छ । एक समय शव घरमा राखिएका शवहरु नै बोकेर हिडन सक्ने हैसियतको मुसाहरु पालेको र फोहोर एवं अव्यवस्थापनको शिकार बनेको वीर अस्पताल अब बास्तवमै लोभलाग्दो अस्पताल बनेर उभिएको छ । गरे के हुँदैन , यही भावनाले वीरको वीरतामा थप सुगन्ध थपिएको छ ।

मुलुकको जेठो अस्पताल वीर अस्पतालको काँचुली फेरियो, स्वास्थ्य सेवादेखि सरसफाई सम्म ध्यान दिएपछि अस्पताल पुग्ने विरामी दङ्ग

वीर अस्पतालले डाक्टरको नामवाली र उपलब्ध हुने समयका बारेमा समेत जानकारी दिने गरि डिस्प्ले हरेक बिभागमा राखेको छ । डिजिटल वडापत्रले अस्पतालमा उपचार गर्न आउने सेवागाह्रीलाई सजिलो भएको छ भने सबै भन्दा धेरै गुनासो आउने वीर अस्पतालमा अहिले सहज र छिटो उपचार पाएको बिरामीहरु र उनीहरुका आफन्त दङ्ग छन् ।
अस्पतालको सबै भागमा सीसी क्यामेरा राखिएको छ । यसले स्वास्थ्यकर्मीहरुले गरेको गल्ती र हरेक बिभागमा चिकित्सक भएको नभएको हेर्न सकिन्छ ।जस्ले गर्दा स्वास्थ्यकर्मीहरु सचेत हुँदै समयमै आफ्नो जिम्मेवारी पुरा गर्ने गरेका छन् । अस्पतालको सरसफाईमा पनि व्यापक सुधार गरिएको छ । अस्पतालका शौचालयको रुप नै फेरिएका छन् । अस्पताल सुधारको काममा आफुले कुनै कसर नछोडेको भन्दै बिरामीलाइ सर्वसुलभ मुल्यमा छिटो सेवा दिने तर्फ जोड दिइएको अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले बताए ।
अस्पतालमा ७५ वटै जिल्लाबाट आउने रिफरल बिरामीलाइ सिधै बिशेषज्ञले हेर्ने गरि छुट्टै काउन्टर राखिएको छ । पहिला दिउसो मात्र हुने हेमो डाइलाइसिस सेवा अहिले चौबिसै घण्टा सक्रिय पारिएकिो छ । यसले किड्नीको बिरामीले राहत महसुस् गरेका छन । असक्त र जेष्ठ नागरिकको लागि पनि राम्रो ब्यबस्था गरिएको छ अस्पताललाइ हरियाली बनाउने तर्फ समेत उत्तिकै ध्यान दिइएको छ । १२७ बर्ष पुरानो देशको सबै भागबाट सबै भन्दा धेरै बिरामी पुग्ने अस्पताल सुधारले सरकारी स्वास्थ्य संस्थाबाट दिने स्वास्थ्य सेवाको छवि नै परिवर्तन भएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv