tata_tiago

बुधवार नेप्से परिसुचक सुन्य दशमलव ३९ अंकले घट्यो

काठमाडौँ । बुधवार नेप्से परिसुचक सुन्य  दशमलव ३९ अंकले घटेर १ हजार ४ सय ७६ दशमलव ५१ अकंमा कारोवार भएको छ ।
क बर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने स्थिर रह्यो। आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स ३ सय १९ दशमलव ०४ अंकमै बन्द भएको छ । नेपाली बजारलाई कारोबार रकमले आज पनि सपोर्ट गर्न सकेन। निरन्तर ओरालो लागेको कारोबार रकम झनै निरासाजनक देखिएको छ । गत सोमबार २६ करोडमा खुम्चिएको बजार मंगलबार केहि सुधार देखिएको भएपनि बुधवार पुन झरेको छ। ३६ करोड २५ लाख रुपैयाँको मात्र किनबेच भएको छ । १५ र १६ लाख कित्ता कारोबार हुँदै आएको बजारमा दिनभरीमा चार लख ५६ हजार कित्ता मात्रै कारोबार भएको छ । उपसुचकहरुको रङ्गरुप मिस्रित देखिएको छ । बैंकिंङ, होटेलमा वृद्धि देखिएको छ भने विकाश बैंक, जलबिद्युत र बिमामा गिरावट आएको छ ।

बैंकिङ २ दशमलव ३४ अङ्क, होटेल ७ दशमलव ०७ अङ्कले बढेको छ । विकास बैंक समुहमा ९ दशमलव ०७ अङ्क, जलबिद्युत १२ दशमलव २५ अङ्क र बिमामा ५० दशमलव २३ अंकले झरेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv