tata_tiago

एकै साथ तिन चलचित्र रीलिज हुदै,कस्ले मार्ला बाजि


पुस २८ गते ३ चलचित्रको भिडन्त हुने भएको छ । चलचित्र“लभ साशा”  र “किङ”पुस २८ गते नै प्रदर्शन हुन तम्तयार भएर बसेका थिए । पुस २९ गते प्रदर्शन मिति तोकेको चलचित्र “शब्द” को रिलिज मिति एक दिन अगाडी सरेको छ । चलचित्र अब पुस २८ गते देखि नै प्रदर्शनमा आउने भएको छ । यस हिसाबले पुस २८ गते दर्शकहरुको लागि च्वाइसको दिन हुनेछ । दर्शकहरुले  ३ मध्य कुनै पनि चलचित्र छानेर हेर्न पाउने छन । चलचित्र “लभ साशा” को निर्माता माधव वाग्ले रहेका छन् । प्रचण्डमान श्रेष्ठको लेखन अनि निर्देशनमा तयार भएको यस चलचित्रमा केकी अधिकारी , कर्मा , आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।चलचित्र “किङ” लाई जयन श्रेष्ठले निर्माण गरेका छन् । जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा निखिल उप्रेती , बेनिषा हमाल , अनुप विक्रम शाही , प्रज्वल सुजल गिरी , रुप राना , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले निर्देशन गरेका छन् ।यस्तै चलचित्र “शब्द” मा भने कमली वाईबा , सौगात मल्ल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । बिष्णु कुमार थेबेको प्रस्तुति रहेको चलचित्रलाई शन्तोष शिवाकोटीले निर्देशन गरेका छन् । चलचित्रका निर्माता भने क्षिरिङ दोर्जे शेर्पा हुन् । यी ३ चलचित्रहरुको भिडन्त कस्तो हुने हो दर्शकहरुले कुन चलचित्रलाई अत्याधिक माया दिने हो त्यो हेर्न भने बाँकि नै छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]