tata_tiago

पृथ्बी जयन्तीमा विदा दिने निर्णय सरकारले चाँडै गर्ने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको जिकिर गरेका छन् । उनले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिन सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए ।

दलहरुबीच समान धारणा नबन्दा पृथ्बी जयन्तीमा सार्वजनिक विदा दिन नसकेको प्रधानमन्त्री दाहालको जिकिर,पृथ्बीनारायणको योगदानलाई स्वार्थसिद्धीको साधना नबनाउन केपी ओलीको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ९५ औं पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौमा आयोजना गरेको कार्यक्रममा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान गर्न आवश्यक रहेको पनि बताए । उनले सबै जाति, वर्ग र समुदायलाई समेटेर सार्वजनिक बिदा दिने मापदण्डसहितको प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकीकरणको भावनालाई आफ्नो स्वार्थसिद्धीको साधन बनाउन नहुने बताए । उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाई गरेको भन्दै त्यसलाई आफू अनुकूल व्याख्या गर्न उचित नहुने जिकिर गरे ।
कार्यक्रममा नयाँ शक्ति संयोजक भट्टराईले राष्ट्रियता सबैको विषय भएकाले यसलाई बहसको विषय बनाउन नहुने स्पष्ट पारे ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]