tata_tiago

निर्माणाधीन विद्युत आयोजनाहरुमा बन्द हडताल गर्ने बिरुद्ध सार्बजनिक मुद्धा लगाइने

काठमाडौं । जलविद्युतको अग्रणी जिल्ला लमजुङमा मात्र एक पछि अर्को गर्दै थुप्रै जलविद्युत आयोजनाहरु निर्माणको चरणमा रहेका छन् । ती आयोजनाहरुको काम समयमै सम्पन्न हुने वातावरण बनाउन स्थानीय प्रशासनले प्रतिवद्दता जनाएको छ । राज्यले उर्जा संकटकाल लगाइरहेका बेला लमजुङ जिल्ला प्रशासनले जिल्लामा निर्माणाधिन आयोजनाहरुमा बन्द हडताल गर्ने बिरुद्ध सार्बजनिक मुद्धा लगाउने चेतावनी दिएकोे छ ।

लमजुङका निर्माणाधीन विद्युत आयोजनाहरुमा बन्द हडताल गर्ने बिरुद्ध सार्बजनिक मुद्धा लगाइने, उर्जामा लगानीको वातावरण बनाउन स्थानीय प्रशासन प्रतिवद्ध

 

लमजुङस्थित दोर्दी खोलामा निर्माणाधिन ४९.६ मेगावाटको सुपर दोर्दी–ख जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिने स्थान लोदो र दोर्दी खोलाको दोभानमा सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनाहरुमा अबरोध पु¥याउने जोसुकैलाई पनि नछाड्ने बताउनुभएको हो । निजी क्षेत्रको यो आयोजना ढोडेनी र फलेनी गाविसको बीच भागबाट बग्ने दोर्दी खोलाको पानीलाई प्रोमु खोला नजिकै बाँध बाँधेर झण्डै ४ हजार ८ सय मिटर लामो भुमिगत सुरुङमार्फत ताँजे गाउँको फेदीमा रहेको लोदो र दोर्दी खोलाको दोभानमा विद्युतगृह निर्माण गर्नेे लक्ष्य रहेको छ ।

 

यसैबीच प्रवद्र्धक कम्पनी पिपुल्सले स्थानिय तहको विकासका लागि मात्रै ५ करोड रकम खर्च गर्ने जनाएको छ । निर्माण अवधिभर स्थानीय तहको विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका अध्यक्ष एवं ब्यवस्थापिका संसदका सांसद उदय नेपाली श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना निर्माण अवधिभरी सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, ब्यवसायिक तालिम तथा जनचेतनामुलक कार्यक्रमहरुमा बजेट खर्च गरिनेछ ।

स्थानियहरुको जायज मागहरुलाई सम्बोधन गरी आयोजना अघि बढाउन प्रवद्र्धक कम्पनी लागि परिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्रभावित गाविसहरु ढोडेनी, फलेनीको विकासका लागि प्रवद्र्धक कम्पनीले स्थानिय बासीन्दाको सहभागितामा आयोजना निर्माण अवधिमा स्थानिय तहमा सकारात्मक प्रभाव उत्थानका कार्यक्रमहरु संचालनका लागि १ करोड ८१ लाख ५० हजार खर्च गर्ने जनाएको छ ।
यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना संचालन भएपछि स्थानियहरुमा जनचेतनामुलक कार्यक्रम, विभिन्न तालिम, जडिबुटी खेती, जलाधार संरक्षण र समुदायमा भैपरी आउने सामाजिक सुधारका लागि ३ करोड १३ लाख ५० हजार रकम खर्चिने प्रवद्र्धक कम्पनी पिपुल्सका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । आयोजनाको काम तीन बर्षमा सम्पन्न गरिसक्ने योजना रहेको प्रवद्र्धक कम्पनी पिपुल्सले जनाएको छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv