tata_tiago

तलेजु मन्दिर परिसरमा रहेको सुवाल घरमा आगलागी

भक्तपुर । भक्तपुर दरवार क्षेत्र अवस्थित तलेजु मन्दिर परिसरमा रहेको सुवाल घरमा आगलागी भएको छ ।

दिउँसो दुइ बजे लागेको आगो तीन बजे नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग दरवार क्षेत्रका प्रमुख नारायण चौहानले जानकारी दिए ।
आगो लागे लगतै भक्तपुर जुद्ध बारुण यन्त्र कार्यालयबाट आएको दमकल प्रहरी, सैनिक र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
सुवाल घरमा तलेजु मन्दिरका लागि चढाईने भात पकाउने गरिन्छ, सोहि क्रममा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट बिश्व क्षेत्रमा सूचिकृत उत्त स्थानको दलिन , भाँडाकुँडा राख्ने दराज र सिँढी लगायत काठजन्य बस्तुमा आगो लाग्दा झन्डै १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv