tata_tiago

अपराध अनुसन्धानको कार्यमा अञ्चल प्रहरी कार्यालय भेरीले उत्कृष्ट

बाँके । अपराध अनुसन्धानको कार्यमा अञ्चल प्रहरी कार्यालय भेरीले उत्कृष्ट कार्य गरेको मध्य पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले बताएका छन् ।

भेरी अञ्चल प्रहरी कार्यालय नेपालगन्जले आयोजना गरेको अपराध नियन्त्रण तथा अनुसन्धान विषयक एक दिवसीय कार्याशालाको उद्घाटन सत्रमा क्षेत्रीय प्रहरी प्रमुख नेपालले १४ अञ्चल मध्ये भेरी अञ्चल उत्कृष्ट अञ्चल भएको भन्दै केन्द्रले नै यसको मुल्याङ्गकन गरेको बताए ।
यस्तै अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले अनुसन्धान विभागसंग सिधा सम्पर्क गरी अपराध अनुसन्धानलाइ अत्यन्त सुक्ष्म रुपमा कार्य गर्ने भएकाले पनि अञ्चल प्रहरी कार्यालय भेरीले अपराध अनुसन्धानमा सफलता पाइरहेको बताएका छन ।
एक दिने गोष्ठीमा नेपाल प्रहरीको अपराध अनुसन्धान र अभियान पक्षमा देखापरेका समस्या र चुनौतीको पहिचान संगै अपराध अनुसन्धानका भावी योजनाका विषयमा समेत छलफल गरिएको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ । गोष्ठीमा बाँके , बर्दिया , सुर्खेत , दैलेख र जाजरकोटका प्रहरी प्रमुख तथा अनुसन्धान प्रमुख तथा अधिकृत गरी ५५ जनाको सहभागीता रहेको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv