tata_tiago

कर्मचारीकै मिलिमतोमा तस्करी मौलायो

काठमाडौं । पछिल्लो समय सुन तस्करीका घटना बढ्नुमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको सुरक्षा निकायले ठहर गरेको छ । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमै सुन तस्करी मौलाएको निक्र्यौल गरेका हुन् ।

व्यवस्थापिका संसदको अर्थ समितिमा भएको छलफलमा केही दिनअघि बिमानस्थल बाहिरबाट ३३ किलो सुन पक्राउको घटनाले विमानस्थलबाट तस्करहरुले नियमित सुन तस्करी गर्ने गरेको पुष्टि भएको नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले दावी गरेका छन् ।
समितिमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलमा भएका घटनाको छानबिन गर्ने जिम्मा आफूहरुले नपाएसम्म तस्करीको गिरोह नियन्त्रणमा आउन नसक्ने बताएका थिए ।
त्यसैगरि विमानस्थलमा हाल सञ्चालनमा रहेको एक्सरे मेसिनले कालो प्लाष्टिकमा बेरेको सामानको चेकजाँच गर्न नसकेकाले आपराधिक घटनाहरु बढेको हुनसक्ने आशंका समेत गरिएको छ । बैठकमा समिति सदस्य अब्दुल रज्जाकले सुन तस्करी हुँदा नेपाललाई के घाटा छ र किन तस्करी रोक्ने भनी प्रश्न समेत गरेका थिए ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]